9 Magh, 2074 | 23 January, 2018 Tuesday

हरि कृष्ण न्यौपाने- लामो समय देखी करिब ३०० जना नेपालीहरु समस्यामा परिरहेको परीपेक्षमा परिवार बिरामी परेपछी ५ महिनादेखी घर फर्कन प्रयासरत गुल्मीका सुरेन्द्र कुवँर भोली बिहान ९:३० बजेको उडानबाट नेपाल फर्कदै छन।उनलाई नेपाल फर्कने टिकट मेनपावरले दिएको हो भने ओभर स्टे बापतको जरिवाना कुवेतमा कृयाशिल तीन संस्थाहरुले ब्यहोरेका छन।

नेशनल खरापी पिडित कामदार मध्येका सुरेन्द्र कुवँरलाई सिन्धुपाल्चोक सेवा समाज ,दलित एकता संजाल र लुम्बिनी समाजले तत्काल ४२ केडि ओभर स्टे जरिवाना तिरेर भोलि बिहान घर फर्कने माध्यम बनिदिएको हो।   

यसै बिच सम्बन्धित निकाय र खराफी नेशनलमा कार्यरत पीडित कामफारहरुका बिच माध्यम बन्दै सबैलाई फर्काउन तल्लिन नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले सुरेन्द्रको जरिवाना तिर्नको लागि दुताबासलाई सहयोग गर्दै हातेमालो गर्ने तीनवटै संस्थाहरु प्रती आभार ब्यक्त गरे।उनले तीतोपाटी सँग भने" धेरै नेपाली दाजुभाइहरु समस्यामा फसिरहेको अवस्थामा दुताबास, नेपाल सरकार, म्यानपावर तथा बैदेशिक रोजगार प्रबर्धन बोर्ड तथा अन्य सम्बन्धित निकायहरु उद्दार प्रकृयामा लागी रहेको र सम्पूर्ण कुवेतबासी नेपाली सघ-सस्थाका प्रतिनिधि अनी दाजुभाइ-दिदिबहिनीहरुको हातेमालो र सहयोगको पनि खाचो छ।" उनले थपे २ चरण गरेर २० जनालाई फर्काइ सकिए पनि अझ धेरैलाई फर्काउन बाँकी छ, सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध पनि गर्दछु।"

तीतोपाटी सँग कुरा गर्दै सुरेन्द्रले भने तीनवटा सस्थाको सहयोगमा म भोली फर्कदै छु, सबै सहयोगिहरु प्रती ऋणी छु।उनले थपे" म फर्किए पनि मेरा सहकर्मी साथिहरु अझै बिचल्लीमा हुनुहुन्छ।बिशेष गरी सुलेबिया क्याम्पमा हिजो देखी खाना फेरी बन्द गरेको छ।दुताबास लगाएत सम्न्बधित निकाय र कुवेतमा रहेका नेपालीहरुले सहयोग गरी उनिहरुलाई पनि छिट्टै देश फर्कन सहयोग गर्नु होला।

त्यसै गरी डिसेम्बर अन्तिमबाट ओभर स्टे भिसा जरिवाना बढ्ने खबरले पीडितहरु अझै चिन्तित बनेका छन भने सुलेबिया र सोइबा क्याम्पका पीडितहरुले हामीलाई भनेका छन"बरु हामीलाई देश निकाला मार्फत फिङर गरेर छिट्टै पठाउनु पर्‍यो।नत्र हाम्रो जरिवना बढी रहने छ, हाम्रो समस्या बढीरहेन छ अनी हामी भोकै भौतारिरहेका हुनेछौ।"