12 Baishak, 2075 | 25 April, 2018 Wednesday
हरी कृष्ण न्यौपाने-लामो समय देखी समस्या भोगी रहेका खराफी नेशनल कम्पनीको सुलेबिया क्याम्पमा बस्ने कामदारहरुका लागी पुन: कम्पनीले खाना बन्द गरेको छ। खाना सप्लाई गर्ने कम्पनिले हिजो डिसेम्ब-१८ तारिक सोमबार बीहान देखि फेरि खाना सप्लाइ बन्द गरेको पीडित मध्येका भिम अर्यालले तीतोपाटी डटकमलाई जानकारी गराएका छन। 
 
पीडितहरुले खाना खान नपाएको गुनासो आए लगत्तै नेपाली दुताबासका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई जानकारी गराइएको र कामदारहरुका लागी सक्दो सहयोग र खाना खुलाउने पहलका लागी दुताबास लागिरहेको छ।

अलपत्र परेका मध्ये २० जना नेपाल पुगी सकेका छन भने अझ करिब २८० जना बिचल्लीमा छन। पिडीतहरुले आफुहरु खाना सप्लाइ बन्द हुदा भोग भोकै बस्नु हुदा परेको सम्बन्धी निकाय तथा कुवेतमा कृयाशिल संघ-सस्थाहरुलाइ सहयोग गरिदिन अपिल समेत गरेकाछन भने उनिहरुलाई आबस्यक प्रकृया पुरा गरी स्वदेश फर्काउन नेपाल सरकारले समिती समेत बनाएको छ ।