9 Magh, 2074 | 23 January, 2018 Tuesday
प्रेमिकाको यादमा(कबिता)
2017-12-19 | तीतोपाटी डटकम

प्रेमिकाको यादमा (कबिता)

मोबाइल र तिम्रो तस्बिर, तातो कफी पिउदै
मुटुभरी तिम्रै याद, सम्झनामा जिउँदै।  
मुस्कान र मिठो बोली, दिलको वरिपरि
झस्काइदिन्छ अतितले,मलाई घरीघरी।।
 
कहाँ गयौं कता गयौं,हेर मेरि माया
आँखा भरि घुमी रह्यो,तिम्रो मात्र छाया।  
छोडी गयौं टाढा भयौ,आउछौ सपनामा
कहिलेकाही रमाइदिन्छु, मिठो कल्पनामा ।।

आज हो कि भोलि होला, मरि जाने चोला
समयले साथ दिए, फेरि भेट होला।  
भुली जाने छोडी जाने, तिमि कस्तो कस्तो?
घुम्दै फिर्दै तरेलिमा,फेरि आए जस्तो ।।


      छबि राम सुनार ( निर्दोष )
        डेढ गाउले भान्जा
         नवलपरासी नेपाल
       हाल कुवेत