8 Magh, 2074 | 22 January, 2018 Monday
स्वाभिमानी
2017-12-18 | तीतोपाटी डट कम
मान बहादुर झाँक्री मगर -
गरीब छु ,अरूसँग मागेर दुईछाक जुटाएको छैन् ,
स्वाभिमानी छु, कसैसँग अाफ्नो शिर झुकाएको छैन ।।

पौरख गर्छु, पसिना बगाउछु,अाफ्नै पाखुरिको भरमा,
स्वार्थी दुनिया सामु कहिल्यै दुई हात फैलाएको छैन् ।।

उडाउछन् मजाकमा सबैले मेरो गरिबी हालतको ,
साचो बोल्छु अाफ्ना सामु दुःखको कथा सुनाएको छैन् ।।

दु:खकष्ट हरू सबै ,अात्ममा लुकाएर हिड्छु यताउता ,
बिलौना गर्दै ढुङ्गाको मुर्ति सामु परेली भिजाएको छैन् ।।

बिश्वास छ एक दिन पक्कै गरीबीको जंजिर तोड्ने छु ,
त्यसैले त,शोषक देखि " मथुरा" रत्तिभर डराएको छैन् ।।

  -मान बहादुर झाँक्री मगर
   हाल  (महाराष्ट्र पुना)