11 Baishak, 2075 | 24 April, 2018 Tuesday
तीतोपाटी डट कम -  एसीसी यु-१६ इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। थाइल्याण्डमा सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि जितेको हो।

नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रनमा सीमित भएको हो। नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले तीन-तीन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। पहिले व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो।

नेपालका लागि विशालविक्रम केसीले ६३ रन बनाए। ७९ बलमा विशालले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै नट आउट रहेका नारायण जोशीले २३ बलमा ४६ रन बनाए। जोशीले ५ चौका र १ छक्का हानेका थिए। नेपालका सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए।