8 Magh, 2074 | 22 January, 2018 Monday

हरि कृष्ण न्यौपाने-नेपाली दुताबास कुवेतद्वारा गत सेप्टेम्बर २० तारिक शुक्रबार-२०१७का दिन कुवेतको क्राउन प्लाजामा आयोजित नेपाली राष्ट्रिय दिबसमा नेपाली कला,मौलिकता, संस्कृति र रितिरिबाज झल्काउने बिशेष सांस्कृतिक प्रस्तुतिहरुमा सहभागी कलाकार र सांस्कृतिक संस्थाहरुलाई आज डिसेम्बर-१५ शुक्रबारका दिन नेपाली दुताबास कुवेतले आफ्नो कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।


नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको अध्यक्षतामा सम्पन्न कलाकार सम्मन कार्यक्रममा महामहिम धर्म पत्नी रिता हमाल तथा नेपाली दुताबासका प्रथम सचिब भोगेन्द्र लिङ्देन, दितिय सचिब ज्ञान बहादुर मगर, सहचारी सुरेश अधिकारी लगाएतको उपस्थिती थियो भने कार्यक्रम प्रथम सचिब लिङ्देनले सन्चालन गरेका थिए।


नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालले आफ्नो सम्बोधनमा दुताबासद्वारा आयोजित उक्त राष्ट्रिय दिबस कार्यक्रममा बिदेशी अतिथिहरुलाई नेपालको कला र संस्कृतिको बारे नजिक्याउन सहयोगी सांस्कृतिक कार्यक्रममा सहभागी हुने र सहयोग गर्ने सबै कलाकार र संस्थाहरुलाई धन्यबाद दिए।राजदुतले कुवेतबाट प्रकाशित राष्ट्रिय-अन्तराष्ट्रिय बिभिन्न संचार माध्यमहरुले उक्त राष्ट्रिय दिबस र नेपाली सांस्कृतिक कार्यक्रमको बारेमा प्रचार-
प्रसार बताउदै कुवेतमा आफ्नो कामको साथमा नेपाली कला बचाउन तल्लिन कलाकारहरुको प्रशांशा गरेका थिए।

नेपाली दुताबास कुवेतबाट सम्मानितहरु निम्न अनुसार रहेका थिए।

संस्थाहरु:- 
लाली गुराँस साँस्कृतिक परिवार नेपाल-कुवेत  
नेपाल कुवेत साँस्कृतिक मन्च      
अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेत
पञ्चे बाजा:-
डिबी लोप्चन,मधु रेस्मी मगर, मुक्त बिक, सुरज बिक,ललित बिक,बिष्णु सुनार,प्रदिप आशिकी,मधुशुदन न्यौपाने, रबी परीयार, प्रिन्स रसाइली 
नृत्य तर्फ:- 
अनिशा लोप्चन,शर्मिला सुनार, सोम रसाइली, नेहा राइ, सन्ध्या मगर, दिपेश श्रेष्ठ,
संगित तर्फ:-
डोल राज न्यौपाने, नबिन श्रेष्ठ, अनिल रसाइली, बिबी मल्ल, गोबिन्द बराल


सम्मानित कलाकार र संस्थाहरुलाई प्रशंसा पत्र दिईएको थियो भने बाल नृत्यगना अनिशा लोप्चनको प्रशंशा गर्दै राजदुत धर्मपत्नीले बिशेष उपहार दिएकी थिईन।