12 Baishak, 2075 | 25 April, 2018 Wednesday
हरिकृष्ण न्याैपाने - कुवेतमा लामो समय देखी एम्नेष्टी(आम माफी) कुरेर बसेका आप्रबासी कामदारहरुले अाम माफीको सुबिधा नपाउने भएका छन।  

कुवेतको रेसिडेंस अफिस डिभिजनका निर्देशक मेजर जनरल टेलल मार्फीका अनुसार गृहमन्त्रालयले कुवेतको नियम उल्लङ्घनकर्ताहरूलाई कुनै पनि मौका दिने छैन। जनरल टेलल मार्फीले भनेका छन "कानुनले ब्यबस्था गरेको शुल्क तिरेर बैधानिक हुन र जरिवाना तिरेर आफ्नो देश फर्किन चाहने आप्रबासीहरुलाई कुवेत सरकारले ढोका खुल्ला राखेको छ ।"  

कुवेत टाइम्समा प्रकाशित समाचारमा जनरल मार्फीले भनेका छन "सरकारलाई बेवास्ता गर्ने र  कुवेतको आवासीय नियम उल्लङ्घनकर्ता आप्रबासी कामदारहरुलाई अब बिशेष चेक-जाँच मार्फत पक्राउ गरि देश निकाला गरिने छ।उनले कुवेतमा  लगभग १,००,००० (एक लाख) अबैधानिक आप्रबासी कामदारहरु रहेको बताएका छन। मार्फीले भनेका छन" कुनै पनि उल्लङ्घनकर्ता जसले स्वैच्छिक रूपमा आफ्नो स्थिति सुधार गर्न अगाडी आऊनेलाई मद्दत पुर्याइने छ, तर उसलाई चेक-जॉचमा पकडिएको छ भने ब्ल्याकलिस्टेट गरि देश निकाला गरिने  छ।

साथै कुवेतको केहि क्याटागोरीको भिसा शुल्क र भिसा प्रकार( क्याटगोरी)मा केही हेरफेर गरिने कुवेतको रेसिडेन्स अफिसका प्रमुख जनरल मोर्लीले बताएका छन। विदेशी बिरामीलाई मेडिकल भिसामा उपचारको लागि कुवैतमा आउन अनुमति दिन नियमहरू संशोधन गर्ने काम हुँदैछ। त्यसै गरी  कुवैतको निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई भिसा दिइनेछ र यी विद्यार्थीहरूलाई कुवेतमा काम गर्नका लागि तिनीहरूको अध्ययन भिसा स्थानान्तरण गर्न अनुमति दिइनेछ। त्यती मात्र होइन व्यवसायी र व्यापारीहरूलाई बहु-प्रवेश भिसा दिइने र भिजिट भिसामा आउनेलाई काम गर्नको लागि समेत अनुमती दिने कुवेत सरकारले तयारी गरिरहेको छ। भिसा शुल्क र भिसा प्रकार(क्याटागोरी) हेरफेरका लागि भने कुवेत सरकारको संसद र सम्बन्धित बिभागले अनुमोदन गर्नु पर्ने छ ।