2 Poush, 2074 | 17 December, 2017 Sunday


 गजलकार विनोद परिवर्तितको सांगीतिक गजल ‘तिमी बिनाको’ सार्वजनिक भएको छ ।

अहिलेका चर्चित गायक राज सिग्देलको कर्णप्रिय आवाजमा सुसज्जित उक्त गजलमा चण्डिप्रसाद काफ्लेले संगीत भरेका छन् । दिपक नेवा को एरेन्जमा महेश्वर राजभण्डारीले उक्त गजल रेकर्ड गराएका हुन् ।

प्रेमिल भावनाले ओतप्रोत उनको गजलमा समय फेरिएपनि मौसक तिमीबिना फेरिन्न जस्ता मनछुने प्रेमको भलाकुसारी रहेका छन् ।

फेरिन्छ रित्तै समय सधैभर फेरिन्न मौसम तिमी बिनाको 
होला बगैंचा भलै सुशोभित हुदैन अनुपम तिमी बिनाको

कोरियामा बस्दै आएका गजलकार परिवर्तित समाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल गजलकार हुन् । आफ्नो पहिलो सांगीतिक गजलका रुपमा उनले यस गजल ‘तिमीबिनाको’लाई पहिलो सांगीतिक गजल बनाएका छन् । उनी भन्छन्, ‘निकै साधना गरेको छु, लाग्छ स्रोता तथा नेपाली साहित्यलाई माया गर्ने जो कोहीले यसलाई माया गर्ने विश्वास लिगेको छु ।’
केही समयमा नै म्युजिक भिडियो छायाङ्कन गर्ने योजना रहेको समेत उनले बताए ।

गजलकार परिवर्तितको गजल संग्रहको रुपमा गजलसंग्रह ‘कुनै फूलजस्तो’ पनि निस्कनै लागेको छ ।