10 Falgun, 2074 | 22 February, 2018 Thursday

२७अाैं नारायणगाेपाल स्मृति दिवसमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका -३ धादिङ बेशीबाट अाउनु भएका युवा गजलकार तथा गायक लालकाजी श्रेष्ठले बरिष्ठ गीतकार यादव खरेलकाे गीत ” पिउँदा पिउदै जीन्दगी याे रित्ताउँन चहान्छु म” भन्ने बाेलकाे गीत गाएर तमाम साेत्राहरूलाई मग्नमुग्ध पारे । अाफु बाल्यकालदेखि नै नारायणगाेपालकाे क्रेजी फ्यान भएकाे र उहाँकै गीत सुन्दै हुर्केकाे बताउने लालकाजी श्रेष्ठले यसकारण पनि अाफ्नाे स्वरमा स्वर सम्राट नारायणगाेपालकाे अावाजमा निहित मिठास उत्पन्न भएकाे हुन सक्ने बताए। उनकाे गायनलाई सुनेर उपस्थित संगीत पारखी साेत्राहरूले साक्षत नारायणगाेपाल नै अाएर गाएझै लाग्याे र नारायणगाेपाललाई बिर्साइदिनु भयाे भन्ने समेतकाे प्रतिक्रिया दिंदै सुमधुर आवाजका धनी   गायक श्रेष्ठकाे प्रशंसा पनि गरेका थिए। गायक श्रेष्ठले सबैकाे साथ र हाैसला दिंदैअाफु गीत संगीत क्षेत्रमै समर्पित रहने इच्छा बताएँ। 
 उक्त अवसरमा सम्मानित हुने सष्टा हरूमा: संगितकार एवं गीतकार सि:के: रसाइली रत्नशम्शेर थापा नगेन्द्र थापा कालीप्रसाद रिजाल किरण खरेल भैरवनाथ रिमाल किरण खरेल माधबप्रसाद घिमीरे कञ्चन पुडासैनी दुर्गालाल श्रेष्ठ चेतन कार्की मनबहादुर मुखिया र यादब खरेल हुनुहुन्थ्यो । नारायणगाेपालले गाउनु भएकाे उहाँहरूकाे गीतलाई क्रमश रञ्जित नेपालीकुशल पाैडेल कुष्ण बिश्वकर्मा मदन गाेपाल सुरूज थापा अजर जंगम लालकाजी श्रेष्ठ शिशिर याेगी निसा देसार सरर्ला बि: सी देबेन्द्रमान सिह मधुरा श्रेष्ठ प्रधान र मनाेज शिवाकाेटिले स्वर दिनु भएकाे थियाे। 
गायक श्रेष्ठलाई सांगीतिक सक्रियता सहित नेपाली गीत संगीतकाे क्षेत्रलाई थप कालजयी गीत संगीतले शुभासित बनाउन हार्दिक शुभकामना ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ