10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डटकम- कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले एकैसाथ संयुक्तरुपमा आगामी डिसेम्बर-८ तरिक, शुक्रबार मनाउने उधौली/ चासोक तङ्नाम/ रापवा श्यादर पीदार २०१७ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन।  

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नृत्य,  लिम्बूहरुको मौलिक नृत्य केलाङ नृत्य र सुनवारहरुको मौलिक झाँकी श्याँदर नृत्य लगाएत अन्य बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथ किरात राई यायोक्खा कुवेत शाखाको स्थापना कालदेखी हालसम्मको गतिविधि समेटिएको स्मारिकाको विमोचन समेत हुनेछ ।

आगमी डिसेम्बर ८ मा अब्बासिया स्थित रिदम हलमा मनाईने कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन आयोजकको तर्फबाट अनुरोध गरीएको छ ।

कार्यक्रम हुने :
मिति : डिसेम्बर ८, २०१७
स्थान : रिदम हल, अब्बासिया
समय : मध्यान्ह १२ बजे ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ