2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम - उदयपुर जिल्लाको सुनकोशी गाउँपालिका मा २०५३ माघ १० गते जन्मिएर हाल नेपाली गीत संगीतको क्षेत्रलाई कर्म थलो मान्दै आएका नव गायक इन्द्र कार्कीको एक पृथक आधुनिक लोक पप "आफु त गाउँले" बोलको गीत हालै बजारमा आएको छ । बिगत निकै लामो समय यता देखि संगीत प्रसिक्षण समेत हासिल गरेका उनले कुनै पनि क्षेत्रमा प्रवेश गर्नु अगी उक्त क्षेत्र संग सम्बन्धित सम्पूर्ण ज्ञान प्राप्त गरेर मात्र प्रवेश गर्दा राम्रो हुने भन्दै आफुले यस क्षेत्रमा प्रवेश गर्दा सांगीतिक शिक्षा पनि हासिल गरेर प्रवेश गरेको बताएका छन् । आगामी दिनमा यसै सांगीतिक क्षेत्रलाई कर्म मान्दै आफ्ना यात्रा अगाडी बढाउने पनि उनले बताए ।
प्रस्तुत गीतमा इन्द्र कार्की कै शब्द र स्वर रहेको छ भने यस गीतलाई बरिष्ट संगीतकार पूर्ण गुरुङले आफ्नो संगीतको माधुर्यताले सजाएका छन् । पूर्ण गुरुङ बिगत केहि समय यता मृगौलाको समस्याको कारण ३ महिना अस्पताल बसेर पुनः यस क्षेत्रमा आफ्नो कर्म गर्न फर्किएका छन् तर उनको बिमार समस्याको पूर्ण समाधान नभैसकेता पनि यसै क्षेत्रमा निरन्तरता दिंदै यस गीतलाई उनले निकै मेहनतका साथ संगीत संयोजन पनि गरेका छन् ।

इन्द्र कार्की को आधुनिक लोक पप "आफु त गाउँले" बोलको गीतको म्युजिक भिडियो पनि निर्माण भएर अहिले सार्बजनिक भैसकेको छ ।भिडियोमा जुना सुन्दास, कमल सिंह, सुरज सिंह र मनिषा तामांग को अभिनय देख्न सकिन्छ । निकै आकर्षक ढंग बाट तयार पारिएको भिडियोलाई निर्देशन प्रदिप सिंह थापाले गरेका हुन् भने छायांकन जितेन्द्र प्रसाद थपलियाले, कोरिग्राफी शिबन पोख्रेल र सम्पादन सुधन बस्नेत ले गरेका छन् ।
भिडियो पनि हेर्नुहोसः