2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम- हिज कुवैत नेपाली एकता समाज केन्द्रिय समितीको अायोजनामा वनभोज तथा कार्यकर्ता बृहत् भेला पनि भव्यताका साथ सम्पन्न गरेको छ।


उक्त कार्यक्रम समाजका केन्द्रिय अध्यक्ष निम बुढा मगरको सभापतित्व तथा महासचिव खुम रायामाझीको सञ्चालनमा शुरु भएको कार्यक्रममा उपाध्यक्ष जनक भुसालले उपस्थित सम्पुर्णलाई स्वागत गरेका थीए  भने कोषाध्यक्ष अाशा शेरवुजा मगर,सल्लाहकार अनिल रसाइली तथा अथिती माधव पौडेलले कार्यक्रम सफलताको लागि शुभकामना मनतव्य राखेका थीए 

कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता,म्युजिक चिअरको पनि अायोजना गरिएको थियो भने रक्तिम सांस्कृत्तिक परिवार कुवैतले दिएका प्रस्तुतीहरुले कार्यक्रमलाई अति उत्साहजनक र रोमाञ्चक बनाएको थियो,  हिज बसेको कार्यकर्ता भेलाले अाउँदो मजदुर दिवस 04- मे 2018 का दिन नेपालबाट अाउने अथिती कलाकार र स्थानिय रक्तिम कलाकारको साथमा भव्यरुपमा अायोजना गर्ने निर्णय गरेको छ,सो कार्यक्रमको स्थान समय अनलाइन समाचारहरु मार्फत छिट्टै नै जानाकारी गराउने कुरा समाजका केन्द्रिय महासचिव खुम रायामाझीले बताएका छन