2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम - तीतोपाटी डट कम - कुवेतको नेपाली समाजका सकृय अभियन्ता ठाकुर प्रसाद पाैडेललार्इ कुवेतबाट  जन-जागृति युवा समाज कुवेत तथा नेपाली जन-प्रगतिशील मञ्च कुवेतले  सँस्थागत रूपमा छुट्टाछुट्टै दुर्इ वटा कार्यक्रम गरि विदार्इ गरेका छन् । दुबै सँस्थाहरूले अाज फरवानिया स्थित शैलुंगे नेपाली रेष्टुरेन्टको सभाकक्षमा अाैपचारिक रूपमा विदाइको कार्यक्रम गरि मायाकाे चिनो, कदर-पत्र र  दोसल्ला अोढाएर सम्मान गरेका हुन ।

करिब २५ वर्ष भन्दा लामो समय देखि अाप्रवासी नेपाली कामदारको रूपमा कुवेतमा कार्यरत रही मानविय र सामाजिक सेवाका क्षेत्रमा अग्रपंतिका अभियन्ताका रूपमा रहेर कार्य गरेका पाैडेलले कुवेतका धेरै संघ सँस्थामा रहेर कार्य गरेका थिए भने धेरै संघ सँस्थाहरू स्थापना गर्न पनि पाैडेलको मुख्य भूमिका रहेको थियो । जन-जागृति युवा समाज कुवेत, नेपालकुवेत साँस्कृतिक मञ्च, कोसेली समुह कुवेत तथा नेपाली जन-प्रगतिशिल मञ्च कुवेतका सँस्थापक समेत रहेका पाैडेल, नेपाली जन-प्रगतिशिल मञ्च कुवेतका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार हुन भने जन-जागृति युवा समाज कुवेतका संरक्षक हुन ।

जन-जागृति युवा समाज कुवेतले अायोजना गरेको कार्यक्रम  सँस्थाका उपाध्यक्ष अानन्द अाचार्यको सभाध्यक्षता र महासचिव टिकाराम अाचार्यको संचालनमा सम्पन्न भएको थियो भने संरक्षक पाैडेलले  अाफ्नो २६ वर्षे  प्रवासी जिवनको अनुभव साटसाट गरेको उक्त कार्यक्रममा सँस्थाका कोषाध्यक्ष कृष्ण  सुनार, बचत कोष संयोजक राम बहादुर तामाङ र महिला विभाग प्रमुख मिरा पाैडेलले विदाइ मन्तव्य दिएका थिए । विदाइ कार्यक्रममा सँस्थाका अधिकांस सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले अायोजना गरेको सँस्थागत विदाइ कार्यक्रममा सँस्थाका कार्यवाहक अध्यक्ष मन कुमार गुइदेल, महासचिव श्याम पराजुली र सह-सचिव कोशराज रार्इले विदाइ मन्तव्य दिँदै उज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए भने विदाइ हुँदै गरेका पाैडेलले स्वदेश फर्किए पनि  प्रवासमा रहेका साथीहरूसँग निरन्तर सम्पर्कमा रहने संगठनको हितमा कार्य गरिरहने बताएका थिए ।