10 Falgun, 2074 | 22 February, 2018 Thursday
माधव पाैडेल "असल यात्री" - माधव पाैडेल "असल यात्री" - अाज बिहानै मनमा कौतहलता छायो, देशमा पहलो चरणको केन्द्रीय प्रतिनीधि सभा र प्रदेश सभाको चुनाब सकिएको छ ।

केहि त चासो देखाउदै मेसेन्जरबाट एक जना दाजुलाई कल गरे र सोधें, दाइ चुनाब कस्तो भयो ? जनता कति चेतनशिल भएका छन्  ? भन्ने प्रश्न सोध्न मन लागेर अायो र सोधि हाले । दाजुले सजिलो संग खसिको मासु खुवाउन नसक्ने र पैसा बाँड्न नसक्नेलेलाई त भोट दिएनन् जनताले, सिद्धान्त र बिचारको राजनीति रहेन भाई, दाजुले थप्नु भयो ।

चुनावी मुडभेड कस्तो भयो ? भनी फेरि थपे ।
कुनै सिनेमाको झझल्को दिएको थियो भाई । सवारि साधन ,मोटरसाइकलहरुमा युवा दस्ताहरु  होहल्ला गर्दै अाउने र बिपक्षी अामुन्ने सामुन्ने भए झगडा गरिहाल्ने । मुलुक कस्तो हुने हो ? कता जाने हो ? बुझ्नै गाह्रो छ । मतलाई मासुको चोक्टा अनि कागज सरिको नोट संग साट्ने जनमत बड्दै छ भन्ने भनाई सुनेपछि म पनि एक छिन सोचाइमा डुबेछु ।

साच्चै नि, अलि पढेलेखेका अनि केही बुझेका युवाहरू अाफ्नो श्रम बिदेश तिर बेच्दैछन्। देशको मेरुदण्ड भनी चिनिने अधिकांश युवाहरु बिदेशमा गगनचुम्बी महल सिगार्दै छन् । समाजमा उमेर ढल्केका बुडापाका, महिला अनि अल्लारे ठिटाहरु मात्रै छन् र त्यसको फाइदा चोक्टा र पैसामा मत किन्ने पल्केकाहरुले लिनु स्वभाविक हो ।

त्यसाे त हरेक राजनीतिक पार्टीमा सकारात्मक सोच र देशलार्इ  अग्रगतिमा लैजानकाे लागि निष्ठाकाे राजनीति गरेर पार्टीलार्इ शुद्धिकरण गर्दै देश र जनताकाे पक्षमा कार्य गर्नु पर्छ भन्ने सोच भएका नेतागण नै नभएका भने होइनन् । तर हरेक पार्टीको हाइकमाण्ड देखि नै साम दाम दण्ड भेद जुनसुकै हत्कण्डा मच्चाएर भए पनि अाफुले नै जित्नु पर्ने र अाफैले अरूलार्इ राज गर्न पाउनु पर्छ भन्ने मानसिकताका कारणा हरेक पार्टी निर्देशित भएर अघि बढेका कारण अहिलेको निर्वाचनमा त्यस्तो गतिविधि देखिएको हो ।

सधैं जनतालार्इ झुठा अाश्वासन दिने र बोलेका बचन पुरा नगर्ने भए पछि चुनाबका बेलामा पैसा बाँड्ने र  भोज भतेर गर्नेलार्इ नदिए कसलार्इ दिने त जनताले भोट ? इतिहास बनाएका ठुला पार्टीले सधैं जनतालार्इ फोस्रो अाश्वासन देखाएर देशलार्इ खोक्रो बनाइसके । देशलार्इ अग्रगतिमा लैजान्छाैं भनेर अाएका नयाँ अनुहारहरूले नेतृत्व तहदेखि जनतासम्म अाफ्नो संगठन बिस्तार गर्न नसक्दा राम्रा व्यक्तिहरू निर्वाचित हुने कुरा त भएन ।

यसरी पैसा र भोजभतेरमा किनिएका भोटहरूका कारण निर्वाचित भएका जन प्रतिनिधिहरूले किमार्थ देश र जनताकाे हितमा कार्य गर्ने छैनन् र  देशलार्इ भ्रष्टाचारीहरूको अखडा बनाइ गरिबी र पछाैटेपनले गाँज्ने निश्चित छ । सबैलार्इ चेतना भया !

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ