2 Poush, 2074 | 17 December, 2017 Sunday

तीताेपाटी डट कम युवापीढीबाटै सकारत्मक समाज परिवर्तन गर्न सम्भव छ’ भन्ने सोचका साथ पहिलोपटक ‘मिस्टर विश्वकर्मा–२०१७’ र दोस्रो ‘मिस विश्वकर्मा’ को अन्तिम चरणको प्रतिस्पर्धा १७ मंसिरमा हुँदैछ । उनीहरुलाई हाल ग्रुमिङ सेसनमा संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले दिइरहेका छन् ।

विश्वकर्मा समुदायलाई एकैठाउँमा समेटेर ‘मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७’ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ईभेन्ट हाउस प्रालिले आयोजना गर्न लागेको यो प्रतियोगितामा विभिन्न जिल्लाका प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप, कला र क्षमतालाई प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागिएको भनिएकोे यस प्रतियोगितामा विश्वकर्मा समुदायभित्रका १०६ थरहरुलाई लक्षित गरिएको छ ।