2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डट कम - काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।


प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।

प्रहरीको अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जना बढीको उद्धार गरिएको छ।

उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।