2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डट कम - स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी र्रयाम राखिएको छ ।

ग्यालेक्सी एस नाइनमा ४ जीबी र्रयाम हुनेछ भने नाइन प्लसमा ६ जिबी र्रयाम हुनेछ । उक्त स्मार्ट फोनमा पुरानो स्मार्टफोनमा रहेको फिगंर प्रिन्टको समस्या पूर्णरुपमा समाधान गरिने जानकारी उक्त कम्पनीले गरेको छ ।

नयाँ ह्यान्डसेटहरुमा १० नानोमिटरको चिपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जिबी सम्म हुने दाबी सामसुङ कम्पनीको रहेको छ ।