2 Poush, 2074 | 17 December, 2017 Sunday

चन्द्र बिश्वकर्मा - कुवेतमा लामो समय देखी कार्यरत नमुना बिश्वकर्मा समाज नेपाल-कुवेतका उपाध्यक्ष  विरबिक्रम सुनारलाई समाजले बिदाई गरेको छ।

कुवेतको माबुल्ला स्थित 26 नोभेम्बर 2017 मा समाजले एक कार्यक्रमको आयोजना गरेर मायाको चिनो, कदर - पत्र र दोसल्लाले सम्मान गरेर बिदाई गरेको समाजका अध्यक्ष कुल बहादुर बिस्वकर्माले तीतोपाटी डट कम लाई जानकारी गराएका छन । 

कार्यक्रममा समाजका अग्रज मस्त बहादुर बिस्वकर्मा, अध्यक्ष कुल बहादुर बिस्वकर्मा,  उपाध्यक्ष प्रेम बहादुर बिस्वकर्मा, सचिब टेक बहादुर बिस्वकर्मा लगायत सक्रिय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रवासमा रहेर पनि काम गरेर बचेको समयलाई नेपाली समाज कुवेतलाई  सेवा गर्न  पाउँदा आफु लाई भाग्यमानी ठानेको छु ।  नेपालमा गएर पनि हरेक सामाजिक कार्यमा महत्त्वपूर्ण भुमिका निभाउने सुनारले बताए । भौगोलिक रुपमा टाढा हुन गएपनि माया कहिलैं नहराउने भन्दै समाज प्रति सुनारले कृतज्ञता र  धन्यवाद ब्यक्त गरे ।