2 Poush, 2074 | 17 December, 2017 Sunday
केदार नाथ खरेल, 
ताजा अपडेटः-
जाजरकोटको कुशेमा दोहोरो झडपबाट दर्जन घाईते, थप झडपको डरले मतदाता आएनन् ।
जाजरकोटको कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको हो । 

झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदन लगायत ४/५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए । 

घाईतेको उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाईतेको अवस्था गम्भीर रहेको उनले बताए । 

समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ । 

उक्त मतदान केन्द्रमा  हालसम्म २०/२५ जना बाहेकले मतदान नगरेको उनले बताए । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए ।

२०७४-बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय 'क' केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

मंसिर १०, २०७४-आइतबार बिहान ७ बजेदेखि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । हालसम्म केही स्थानमा सामान्य झडप भए पनि अधिकांश स्थानमा शान्तिपूर्ण भइरहेको नेपाल स्थित कोसेली न्युजका सम्पादक रजनी ढुंगानाले बताइन । ताजा जानकारीको लागि कोसेली न्युज हेर्दै गर्नु होला, हामी अपडेट गर्दै जानेछौं ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ मा बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएपनि स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
ओखलढुंगा– यहाँ पनि बिहान ७ बजेदेखि नै धमाधम मतदान भएको छ । ७:३० बजेभित्र जिल्लामा रहेको १ सय ४१ मतदान केन्द्रबाटै मतदान शुरु भएको छ । जम्मा १ लाख २ हजार २ सय ६१ मतदाता जिल्लामा छन् । करिब ७५ प्रतिशत मत खस्ने अनुमान छ । १ हजार ५ सय ९४ मतदाता रहेको सिद्धिचरण नगरपालिका ११ को मतदानस्थलमा करिब २ घण्टामा ३ सय मत खसेको जानकारी प्राप्त भएको छ ।
वृद्धवृद्धा, अपांग र अशक्तलाई सहज रुपले मतदानको व्यवस्था मिलाइएको छ । सुरक्षा अवस्था कडा पारिएको छ । प्रत्येक मतदानस्थलमा प्रहरीहरु तैनाथ गरिएका छन् । जिल्लाको सम्पूर्ण गाउँपालिकामा शान्तिपूर्ण मतदान भईरहेको जनाएको छ । उत्तरी गोरखाको ल्हो आधारभूत प्राविस्थित मतदान केन्द्रमा ९ बजे पछि मात्र मतदान सुरु हुने ।  चिसोका कारण ढिला भएको थियो।  हिमाली जिल्ला मनाङमा ५० प्रतिशत मतदान कार्य सकिएको जानकारी प्राप्त भएको छ ।  धादिङको खनियाबासको एउटा र रुबिभ्यालीका दुइटा मतदान केन्द्रमा प्रतिनिधि नआएर बिहान ९ बजेसम्म मतदान सुरु भएको छैन ।
 सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको लागार्चेमा अझै मतदान भएन । वाम र लोकतान्त्रिक गठबन्धनका युवाहरुबीच शनिबार राति झडप भएको थियो । अहिले वार्ता भइरहेको छ । माथिल्लो मुस्ताङका केही मतदानस्थल र केन्द्रमा भने मतदान सुरु भएको छैन । अत्याधिक चिसोका कारण मतदाताहरु मतदान गर्न आएनन् । 
भोजपुरमा पर्यप्त मतदाता देखिएनन्। मतदानकेन्द्रहरु खाली खाली नै छन् । चिसोका कारण बिहान नआएका हुन सक्ने जानकारी हाम्रो सम्वाददाता जानकारी दिइन ।
सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीमा मतदान गर्दै माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् भने उनका प्रतिद्वन्दी गोरखाको पालुङटारमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मतदान गरेका छन्।
निवर्तमान सभामुख ओनसरी घर्तीमगर रोल्पामा मतदान गरे त्यसैगरी  सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा मतदान गरे भने पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पामा मतदान गरेका छन् ।