2 Poush, 2074 | 17 December, 2017 Sunday

रबिन्द्र बराल - माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा मंसिर २ गते   श्रीमती बर्ष ४० कि  लाल मणि साह, बर्ष ३५ का ज्वाई श्याम देव साह, र छाेरा  नाम परिवर्तन कैनु साह तिनै जना मिलेर शुक्रबार राति १२ बजे घरमा झैझगडा  सुरु भयाे ।तिनै जना मिलेर  बर्ष ५५ का बैका साह लाई कुटपिट गरेका थिए । केही समय पछि बैका   मृत्युु भए पछि उनिहरुले बैका साहका दाजु लखिचन्द साहकाे गाुवाली घरमा लगेर   गहुँको भुष्साले मृतक बैका साहलाई छाेपेर खारेका थिए ।

३ गते शनिबार बिहान लखिचन्दका घर परिवारले गुवालीमा  मरेको मान्छे देख्ने बितिकै प्रहरीलाई खबर गरेका  थिए ।   प्रहरीले घटना थहा पाउन साथ उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेर घरमा रहेकि श्रीमती, छाेरा ,र ज्वाईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छन ।

भने अरुकाे पनि हात हुनसक्ने भन्दै अरुकाे पनि खाेजि कार्य भईरहेकाे  ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।यत छिमेकी हरु भन्छन बैका साह लाई बिगत एक बर्ष अगाडि भरतकाे मुख्य बजारमा लगेर समेत छाडेर अाएका थिए ।

तर उनी पुन अाफ्नाे घरमा अएर ज्यालादारी रुपमा काम गर्दे अाएका थिए । उन लाई मार्न  बिगत असाेज महिनामा उनकाे खुट्टामा पेट्रोल समेत खन्याएर अागाे लग्याै  तर बैका साह नजिकैको पाेखरिमा हाम फालेर उनी बाँच्न सफल भएकाे स्थानीय हरु बताउछन। तर अन्तत उनलाई मंसिर ३ गते  राति बैका साह लाई मारेरै छाडे ।

अहिले   उनि हरु  तिनै जना लाई  ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाे र उनिहरु बिरुद्ध ज्यान मार्ने उध्याेग मा मुद्दा दर्ता गरि थप अनुसन्धान समेत भईरहेकाे प्रहरीले जनाएको छ ।