2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम - यूएईमा रहेका नेपाली संघसँस्थाहरु एकतावद्ध भएर सामाजिक कार्यका लागि अग्रसर हुन थालेका छन् । युएईमा रहेका नेपालीहरुका विभिन्न संघसँस्थाले पछिल्लो समय नेपालका बाढी पीडितहरुका लागि एकताबद्ध भएर राहत संकलन गरेका छन् ।

युएईको पहिलो नेपाली संस्था ‘नेपाली समाज युएई’का अध्यक्ष चन्द्रप्रसाद सापकोटाको संयोजकत्वमा ‘बाढीपीडित राहत उद्धार संयुक्त संयन्त्र युएई’ले यहाँका अधिकांश संघसंस्था, व्यवसायीहरु तथा समावसेबीहरुलाई समेटी एकीकृत रुपमा राहत संकलन गरेको थियो । उक्त समितिमा ५० हजार २२ दिराम्स (करिब १४ लाख नेपाली रुपैयाँ) संकलन भएको अभियानका सदस्य सचिब गोविन्द ढकालले जानकारी दिए । संकलित उक्त रकम पहिलो र दोस्रो चरणमा नेपालका विभिन्न जिल्लामा वितरण गरेको जानकारी संयुक्त संयन्त्रले दिएको छ । बाढीले धेरै प्रभावित जिल्लालाई पहिलो प्राथमिकतामा राखेर सर्लाही, सप्तरी, सुनसरी र सिराहामा तत्काल वितरण गरिएको राहत वितरण समितिका संयोजक पासाङ शेर्पाले जानकारी दिए ।

यसरी नै दोश्रो चरणमा चितवन, नवलपरासी, दाङ, बर्दिया, कैलाली, रुपन्देही र पाँचथर जिल्ल्ाामा एकएक लाखको दरमा वितरण गरिएको समितिका सदस्य सचिव गोविन्द ढकालले जानकारी दिएका छन् । उक्त संयन्त्रको अनुगमन समितिका संयोजक सालिक सुवेदीले संकलित रकम स्थानीय जनप्रतिनिधि र संयन्त्रमा आबद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा वास्तविक पीडितहरुसमक्ष वितरण गरिएको बताएका छन् ।

यसमध्येको करिब एक लाख रुपैयाँ सुनसरी जिल्लाका दुई बालबालिकाको अध्ययनका लागि वितरण गरिएको छ । यस अभियानमा युएईमा क्रियाशील ५३ वटा सामाजिक संस्थाहरु र केहीले व्यक्तिगत रुपमा रकम संकलन गरी ऐतिहासिक रुपमा ऐक्यबद्धता जनाएका थिए ।

यी हुन सामाजिक कार्यमा एकतावद्ध भएका सँस्थाहरू

यसरी ऐक्यबद्धता जनाउने संस्थाहरुमा नेपाली सोसिअल क्लब, नेपाली समाज युएई, मणिप्रसाद भुर्तेल, तोयानाथ लम्साल, नमस्ते ट्राभल, युएई, कमला भण्डारी, नेपाल विश्व सहयोग संघ, युएई, प्रेम भण्डारी, हामी नेपाली एसोसिएसन, कृष्ण क्षेत्री, सर्लाही सेवा समाज, संयुक्त बुद्ध जयन्ती कार्यक्रम, गोविन्द भट्टराई, चितवन समाज युएई, शेर्पा केदुंग युएई छन् ।

यस्तै  किराँत याक्थुंग चुम्लुङ्ग, तमु समाज युएई, तामाङ समाज, युएई, सुनुवार सेवा समाज, युएई, नेवा पुच, युएई, किराँत राई यायोख्या, युएई, नेपाल मगर संघ, शाखा युएई, ताप्लेजुङ्ग समाज सेवा युएई, धादिङ सेवा समाज युएई, मितेरी समाज, अलएन युएई, पाल्पाली समाज, युएई, स्याङ्जा सहयोग समाज, पर्बत सेवा समाज, युएई, सागर पौडेल, चौतारी रेस्टुरेन्ट, दाङ देउखुरी समाज, युएई, सुदूर पश्चिम सेवा समाज, युएई, राजेन्ऽकुमार गिरी, नवलपरासी सेवा समाज, युएई, राजेश गुरुङ, विश्वकर्मा समाज नेपाल यूएई, नेपाली कलाकार समूह युएईले पनि एक्यबद्धता जनाएका छन् ।

गोर्खा सेवा समाज युएई, कुबेर लावर, सिन्धुपाल्चोक सेवा समाज युएई, बाग्लुङ सेवा समाज, युएई, विनोद ढकाल, नेपाल मुस्लिम सोसाइटी, युएई, अलएन एड्नोक समूह, नेपाल बिज्नेस काउन्सिल, दुबई, त्रिशूली समाज, युएई, दर्शन क्याफ्टेरिया अलएन, भुजेल सेवा समाज युएई, रुपन्देही सेवा समाज युएई, काभ्रे सेवा समाज युएई पनि सामाजिक कार्यका लागि एकै संयन्त्रमा रहन तयार भएका छन् ।

एक्यबद्धता जनाउने अन्य सँस्थाहरूमा लुम्बिनी वेल्फेयर सोसाइटी युएई, प्युठान स्वर्गद्वारी सेवा समाज युएई, लि ल फंङ घले समाज युएई, अन्तर्राष्ट्रिय कलाकार समाज, युएई, अर्घाखाँची सम्पर्क समिति युएई, फिस्टेल ट्राभल, सन एन्ड मुन ट्राभल, लुम्बिनी वेल्फेयर सोसाइटी महिला विभाग, हिमालयन जनरल ट्रेडिंङ, गोपीचन्द्र भुसाल, गुल्मी सेवा समाज युएई रहेका छन् ।

एक सँस्थाबाट पाँच सय दिराम्स संकलन

संयन्त्रमा आबद्ध संघसंस्थाहरुले कम्तीमा पाँच सय दिराम्स जम्मा गरेका थिए । अधिकांश संस्थाहरुले निर्धारित रकमभन्दा बढी पनि बुझाएका थिए भने केही व्याक्तिगत दाताहरुले ५ सयभन्दा कम पनि सहयोग जम्मा गरेका थिए ।

युएईको नेपाली समुदायमा पछिल्लोपटक सामुहिक रुपमा आयोजना गरिएका कार्यक्रमहरु आर्थिक, प्रचारत्मक र संख्यात्कम दृष्टिले अन्यन्त सफल मानिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, युएई शाखाको अग्रसरतामा गतवर्ष मनाइएको बुद्ध जयन्ती कार्यक्रम पनि अत्यन्त सफल रहेको थियो भने पछिल्लो पटक झापाली समाज युएईको संयोजनमा नेपाली दूतावासकी श्रम सहचारीको पनि युएईका ३३ वटा संघसंस्था मिलेर संयुक्त बिदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आर्थिक, सामाजिक, भौगोलिक तथा समय व्यवस्थापनका दृष्टिले सामुहिक कार्यक्रमहरु प्रभावकारी मानिएका छन् । तर, यस्ता संयुक्त कार्यक्रमको आय तथा व्यय सार्वजनिक विवरण पारदर्शी ढंगले समयमै पेस गर्न सके यस्तै किसिमको ऐक्यबद्धता भोलिका दिनमा पनि कायम रहने एक सामाजिक अभियन्ताले बताए ।