1 Poush, 2074 | 16 December, 2017 Saturday

तीतोपाटी डटकम-कल्याणकारी युवा समाज कुवेतले अध्यक्षमा निरज सिंह ठकुरीलाई निर्बिरोध चयन गर्दै प्रथम अधिबेशन शुक्रबार सम्पन्न गरेको छ। हिजो नोभेम्बर-२४ शुक्रबार, कुवेतको खैतान स्थित राजधानी होटलको हलमा सम्पन्न अधिबेशन सम्पन्न भएको हो।

निरज सिंह ठकुरीको सभापतित्व तथा नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशन सामुहिक दिप प्रजलन गरी उद्घाटन गरिएको थियो । कार्यक्रममा राजदुतावासका प्रथम सचिब भोगेन्द्र लिंग्देन र तृतीय सचिब सुरेश अधिकारी बिशेष अतिथि रहेका थिए ।

माधब शर्माले संचालन गरेको अधिबेशनमा संस्थाका महासचिब रबि बान्तवाले अतिथिहरुलाई मन्तब्यबाट स्वागत गरेका थिए |

नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल, प्रथम सचिब भोगेन्द्र लिन्देन, तृतीय सचिब सुरेश अधिकारी, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले मगर, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अम्मर खड्का, नेपाल कुवेत सरोकार समाज कुवेतका अध्यक्ष दिल स्यांङबो, खोटांग कुवेत सम्पर्क मंचका अध्यक्ष प्रेम कटवाल लगायतले मन्तब्य राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाई  शुभकामना दिएका थिए  ।

समाजले कलाकार, खेलाडी, पत्रकार तथा समाजलाई सहयोग गर्ने व्यक्तित्वहरुलाइ प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा सिन्धुपाल्चोक सेवा समाज कुवेतद्धारा संचालित निरोज नेपाली बचाऊ अभियानमा बक्स मार्फत ५०.५०० केडी संकलन भएको सिन्धुपाल्चोक सेवा समाज कुवेतका अध्यक्ष माधब पौडेले जानकारी दिए ।

अधिबेशनमा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, बुद्दिजिबी, समाजसेवी तथा कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो | अन्तमा सभापति निरज सिंह ठकुरीले उपस्थित अतिथि लगायत सम्पुर्ण सहयोगीहरु धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए |



निर्वाचित नयाँ कार्य समिती यस प्रकार रहेको छ।

संस्थापक संरक्षक- रुपक थापा, शिब शाही ठकुरी

सल्लाहकारहरु:-आकाश वाइबा,उमा घिमिरे, नवराज पराजुली, माधव पौडेल,



अध्यक्ष– निरज सिंह ठकुरी
प्रथम उपाध्यक्ष – प्रदिप कार्की
दितिय उपाध्यक्ष – सुबाश श्रेष्ठ
महिला उपाध्यक्ष – रीता गुरुङ
महासचिव – ओम प्रकाश थापा
सचिव – रबि बान्तवा
सह -सचिब – गोबिन्द क्षेत्री
कोषाध्यक्ष – ज्ञान बहादुर जर्गा मगर
सह-कोषाध्यक्ष – आकाश रानाभाट

सदस्यहरु:-मेघ राज गुरुङ,सागर पंगेनी,सुबास छन्त्याल,घनश्याम घले,बम बहादुर केसी,कविता गिरी,आशा बि क,सुजन न्यौपाने,अमित क्षेत्री,जस बहादुर घताने,नारायण अधिकारी, खडक रामदान, डम्बर गुरुङ, श्रबण शाह, रबि सुनवार, भिम बहादुर घले, पृथ नारायण मानन्धर, बिकास पुरी, दीपक कुमार नेपाली

महीला प्रमुख- सिता कुलुङ् राई

युवा संयोजक- सुमन बुढाथोकी