1 Poush, 2074 | 16 December, 2017 Saturday

तीतोपाटी डटकम- लुम्बिनी समाज नेपाल-कुवेतले स्थापनाको समय देखीनै संस्थामा आबद्द रही साथ-सहयोग गर्दै आएका सल्लाहकार विरबिक्रम सुनारलाई हिजो नोभेम्बर-२४ शुक्रबार फर्वानिया स्थित नेपाली होटल सैलुङगेमा एक कार्यक्रमको आयोजना गरेर सम्मानका साथ मायाको चिनो कदर प्रत्र र दोसल्ला सहित  बिदाई गरेको छ।



लुम्बिनी समाज नेपाल-कुवेतका पूर्ण अध्यक्ष एब हालका संरक्षक एच.पी. खत्रीले तीतोपाटी डटकम सँग भने" समाजका अभिभाबका रुपमा रहेका सल्लाहाकार बिरबिक्रम सुनार बिगत ४ बर्ष देखि कुवेतमा कार्यरत थिए भने समाजले चालेका हरेक अभियानमा उनले साथ,सहयोग र हौसला दिने गरेका थिए।"सुनार कुवेतको बसाइलाई बिट मारेर केही दिनमा नेपाल फर्कदै छन।

यसै बिच आउदो डिसेम्बर १-२०१७ मा लुम्बिनी दिवस परेको हुदा लुम्बिनी समाज नेपाल-कुवेतले सस्थाको परिवार बिच लुम्बिनी दिवस मनाउने निर्णय गरेको छ।