10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम - इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको अातंवादी आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने  १०० जना  भन्दा बढी घाइते भएका छन् ।


शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ । घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । 


मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको सुरक्षा निकायहरुलाई उद्धृत गर्दै सरकारी अधिकारीहरुले जनाएका छन् ।  ४ वटा गाडीमा आएका आतंककारीहरूको समूहले उक्त आक्रमण गराएका थिए। नमाज पढिरहेका समयमा उक्त आक्रमण गरिएको इजिप्टका सञ्चार माध्यमहरूले बताएका छन्। 


इजिष्टका राष्ट्रपति अब्दुल फत्तह अल सीसीले उक्त घटनापश्चात् सुरक्षा प्रमुखहरूसँगको आपतकालिन बैठक बसे पश्चात् राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन्।


मस्जिदमा नमाज पढिरहेका समयमा दुई शक्तिशाली बम विष्फोटन पश्चात् हतियार सहितको आक्रमण गरिएको थियो।  उक्त  अातंकवादी हमला  पश्चात हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ