2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डटकम-कुवेतको नेपाली समाजमा हातेमालो गर्दै राप्ती भेरी कर्णालीबाट कुवेतमा काम गर्न आएका नेपालीहरु बिच एकता गर्दै अगाडि बढी रहेको संस्था राप्ती भेरी कर्णाली एकता समाजले अनाथ बालबालिकाको सहयोगार्थ अंग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा नेपालका चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी मगर र ऋषि खड्काका साथ "अंग्रेजी नयाँ बर्ष २०१८ धमाका" गर्ने भएको छ।

नयाँ अंग्रेजी बर्ष २०१८को अबसरमा आउदो जनवरी ५ तारिक शुक्रबार नेपालका ख्याती प्राप्त ४ कलाकारहरुका साथ नयाँ अंग्रेजी बर्ष २०१८धमाका गर्न लागिएको बताउदै राप्ती भेरी कर्णाली एकता समाजका अध्यक्ष पवन कुमार वलीले स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने बताएका छन।

अंग्रेजी नयाँ बर्ष २०१८ सांगितिक धमाकाका संयोजक राज मल्लले तितोपाटी संग भने" नयाँ अंग्रेजी बर्षको शुभकामना आदानप्रदानको साथमा अनाथ बालबालिकाको सहयोगार्थको लागी यो कार्यक्रम गर्न लागिएको हो। त्यसैले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, त्यसका प्रतिनिधिहरु लगाएत सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई आ-आफ्नो ठाउँबाट स्वस्फुर्त रुपमा कार्यक्रम सफल पार्न साथ सहयोगको लागि अपिल गर्दछौ।"

कार्यक्रमको बारेमा:-

मिति:- जनवरी- ५-२०१८,शुक्रबार

स्थान:- हवाली स्थित ब्वाइ स्काउट थ्रियटर (सेन्टर पोइन्टको अगाडी)

समय:- बिहान ठिक ११:०० बजेबाट