2 Poush, 2074 | 17 December, 2017 Sunday

तीताेपाटी डट कम - जानकारी नदिई ‘हल्लाको भरमा’ भएको बन्दले सर्वसाधरण मारमा परेका छन् । कसले र किन बन्दको आवहान गरयो भन्ने कुराको समेत जानकार नभएपछि बन्दले सर्वसाधरण सगै व्यवसायीहरु मारमा परेका हुन् ।
औपचारिक रुपमा बन्दको आवहान गर्ने पार्टीले समेत जानकारी नदिएपछि अहिले पूर्वको जनजिवन प्रभाबित बनेको हो । विप्लव माओवादी र अयोग्य लडाकुको नाममा बन्दको हल्ला भएपनि अहिलेसम्म आधिकारीक रुपमा कसको बन्द हो भन्ने बिषयमा सर्वसाधरण तथा व्यवसायीहरु अनभिज्ञ छन् ।

बन्दले पूर्णरुपमा सबारी आगमन ठप्प नभएपनि छिटफुट सबारी सञ्चालन भइरहेका छन । बजार पसल समेत छिटफुट रुपमा खोलिएका छन् । तर व्यवसायी भने पसल खोल्ने बिषयमा अझै अन्यौलमा छन् । अन्यौलताको बीचमा बन्दका कारण लामो तथा छोटो दुरीका यात्रुहरु समेत अलमल्लमा परेका छन् ।

सडकमा कम मात्रमा सबारी चलेपछि यात्रुहरु महङगो भाडा तिरेर भए पनि गन्तव्यमा जान बाध्य छन् । सामाजिक सञ्जालको भरमा बन्दको जानकारी पाएका सर्वसाधरण तथा व्यवसायीहरु मुख्यता देशका राजनितिक दलमाथि आक्रोश पोख्न थालेका छन् ।

देशमा यतिको राजनितिक परिवर्तन भएपनि बन्द संस्कृति अन्तय नभएको प्रति व्यावसायी तथा सर्वसाधरणको दुखेसो समेत छ ।

यता बन्द गराउनेहरु समेत सडकमा नआएपछि प्रशासन समेत अन्यौलमा छन् । चुनावको मुखमा बन्द गर्ने जो कोहीलाई पक्राउ गर्ने निर्देशन पाएपनि यसरी अन्यौलमा सुरक्षाकर्मी समेत परेका छन् । हल्लाको बन्दले कतिपय बिद्यालय बन्द छन् भने कतिपय सञ्चालनमा आएका छन । उघोग तथा कलकारखाना भने पूर्ण रुपमा सञ्चालनमा छन । पसल तथा व्यवसाय छिटफुट रुपमा मात्र खोलिएपछि बजारमा सर्वसाधरणको उपस्थिति न्यून बनेको छ ।


- राताेपाटी