2 Poush, 2074 | 17 December, 2017 Sunday

तितोपाटी डट कम  - संजालले धर्म भित्रको अन्तर द्वन्द हटाएर शान्ती स्थापना गर्ने उदेश्यले शान्ती पार्क निर्माण गर्न लागेको हो । धर्ममा आएको अन्तर द्वन्दले देशमा आएको बिकृती बिसंगती र “सबै धर्मको एउटै चाहना अहिंसा र शान्तीको कामनन” भन्ने मुल उदेश्य जगाउदै आएको  छ ।


अन्तर धार्मीक संजालले ५ वटा धर्मको मटमन्दिर समेटिने गरि पार्क निर्माण गर्ने योजनाका साथ बिहिबार अनुगमन गरेको हाे  ।
 लेटाङ नगरपालिका वडा नम्वर १ मा रहेको धिमाल जातिको उध्गम स्थल राजारानीको पर्यटन प्रवद्धन गर्ने शान्ती पार्क निर्माण कार्य सुरु गर्दे  आएको छ ।


यो योजना ठुलो बजेटको भएको शान्ती मन्त्रालयमा समेत परिसकेकोले धार्मीक गुरुहरुलाई संगै लगेर यसको बिकास गर्न सके नमुना मेलमिलमप केन्द्र बन्ने र नेपालको पर्यटनमा बिकासहुने हुनाले प्राइभेट सेक्टरलाई समेटेर जाँदा यसको प्रबद्धन सम्भव रहेको सामुदायीक बिकास केन्द्र नेपालका सल्लाकार भुपेन्द्र लावतीले बताउनु भयो ।

उत्त संजालले धर्म बिचको बिभेदका बिषयमा बिभिन्न अन्तरकृर्या गदै आएको छ।
 देशमा शान्तीको कामनाका निम्ती शन्देश दिदै आएको हाे  ।
“पुर्वमा रहेको हिन्दु, बैद्ध, स्लाम, कृष्यन र किरात धर्मको सामुहिक मटमन्दिर रहने भएकाले पर्यटनमा टेवा पुग्नै” युनाईटेट मिसन नेपाल सुनसरी शान्ती निर्माण शाखाकी सदस्य बिमला श्रेष्ठले जानकारी दिनु भयो ।


सबै धर्मको उदेश्य भनेको एउटै हो भन्ने सन्देश जगाउन राजारानिमा पार्क निर्माण गर्न लागिएको अन्तर धार्मीक शान्ती संजालका सदस्य फिरोज आलमले बताए ।
 वडा अध्यक्ष विष्णु मगरले अन्तर धार्मीक शान्ती संजाले सबै धर्महरुलाई एक सुत्र बनाएर निर्माण गर्न लगेको कर्यमा सहयोग गर्ने नगरबाट समेत सहयोगको पहल गर्ने प्रतिबद्धता दिनु भयो ।
 १ बर्ष भित्र गरेको कार्य बिधिको प्रतिबेदन समेत प्रस्तुत गरेको छ ।