2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम -रबिन्द्र बराल - प्रदेश सभा र प्रतिनिधि सभाकाे चुनाव  नजिकिदै जाँदा नेपाल प्रहरी अाफ्नाे गस्ती बडाएकाे छ ।  रंगेली मा रहेकाे ईलाका प्रहरी कार्यलयले अाफ्नाे निर्वाचन माेरङकाे क्षेत्र मा चुनाव नजिकिँदै जाँदा  गास्तिटाेली बडाएकाे हाे।
 रंगेली प्रहरीले माेरङकाे क्षेत्र नम्बर २ मा ६३ बटा मतदान केन्द्र र ३२ बटा मतदान स्थल हरुकाे जिम्मेवारी पाएकाे छ ।  त्यसैगरी   क्षेत्र नम्बर  ५ मा ५३ बटा मतदान केन्द्र र २३ बटा मतदान स्थल काे समेत जिम्मेवारी पाएकाे छ।

अहिले रंगेली प्रहरीले अाफ्नाे मतदान केन्द्र मा नेपाल प्रहरी र म्यादी प्रहरी हरुले संयुक्तरूपमा गस्ती  समेत सुरु गरेकाे   छ ।  
रंगेली मा २ सय ४८ जना म्यादी प्रहरी हरुले अाफ्नाे मतदान केन्द्र र गाउँ घरमा मा केन्द्रीकृत रहेर गस्ती सुरु गरेको छ । नेपाल काे विभिन्न ठाउँ हरुमा विभिन्न  समुहको गतिविधि बडिरहेकाे बेला ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे  क्षेत्र  तथा मतदान केन्द्रमा व्यापक रुपमा गस्ती टाेली २४ घन्टा परिचालन गरेको छ ।

चुनाव नजिकिदै जाँदा रंगेली प्रहरीले रंगेली नगरपालिका भरिका  गाउँ घर तिर गस्ती समेत बडाएकाे छ । गाउँ घरमा सर्वसाधारण हरुले प्रहरी हरुकाे गस्ती  देखे पछि चुनाव नजिकिदै गएकाे अनुभव गर्ने थालेका छन ।

प्रहरीले अहिले हुलाकी राजमार्ग अन्तर्गत रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली ,कर्सिया, डाईनियाँ,कदमाह, दादरबैरिया, झपरल  लगायत सिमावर्ति क्षेत्र नजिकै जाेडिएकाे कारण अहिले चेक जाँच समेत कडाई  सुरु गरेको  छ । खुल्ला सिमाना भएका कारण भारत बाट नेपाल भित्रिने सबारी साधन हरुकाे चेक जाँच पनि बडाएकाे  प्रहरीले जनाएको छ ।  

प्रदेश सभा र प्रतिनिधि नजिकिदै जाँदा  भारत बाट नेपाल तर्फ अाएर अपराधीक गतिविधि समुहको अावत जावत बडि हुने भएको ले शान्ति सुरक्षा काे कारण  नेपाल तर्फ अाएकाे भारतीय  माेटरसाईकल  तथा  साना सबारी हरुकाे  निगरानी  समेत निगरानी बडाउन थालेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।