2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डटकम-कैलालीका उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आफूतिर तान्न भिभिन्न तरीका अपनाएको देखीएको छ । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण गर्दै आएका नेताहरुले कैलालीमा प्रचार प्रशारको फरक शैली अपनाएका छन् । भाषणमा विपक्षीको कडा आलोचना र विरोध गर्दै आएका नेताहरु मतदताको खेतबारीमै गएर भोट माग्न थालेक छन् । उम्मेदवारहरुले खेतबारीमा नै पुगेर गोरु जोतेर मत मागेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नेपाली काग्रेसको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्वर ४ का उम्मेदवार सुनिल कुमार भण्डारी र कैलाली निर्वाचन क्षेत्र नम्वर ५ को प्रदेश ख का उम्मेदवार रमेश धामीले खेतवारीमा गएर हलो जोतेको फोटो सामाजीक सञ्जालमा भाईरल भईरहेको हो ।

धामीले कोट जुत्ता टल्काएर गोरु जोतेको तस्वीर अहिले सामाजीक सञ्जालमा भाईरल भएको छ भने केहि मतदाताले यस्को आलाचना पनि गरेका छन् । चुनाव सकिएपछि नमस्ते पनि नफर्काउने नेताहरुले अहिले मतदाता रिझाउनका लागी यस्तो हतकन्डा गरेको आरोप केहि मतदाताहरुले लगाएका छन् भने केहिले जनप्रेमी नेता भएको भन्दै चर्चा गरेका छन् ।

जिल्लाका केही उम्मेदवारले किसानको घरमा गाई दुहेको त केहीले मेलापातमै गएर भोट मागेका फोटोहरु पनि सार्वजनिक भईरहेका छन । अझ कसैले बुढो मतदाता फकाउनका लागि टीका लगाएको तस्बिरहरु सामाजिक सञ्जालमा हालेका छन् भने कसैले मतदाताका छोराछोरी समातेका फोटाहरु पनि सार्वजनिक गरेका छन ।



फोटो:- मुसिकोट नपा १ पौदीअमराईमा कोदो काट्दै गरेका मतदातासगँ भोट माग्दै गोर्कण विष्ट।
नेपाली काग्रेसको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्वर ४ का उम्मेदवार सुनिल कुमार भण्डारी र कैलाली निर्वाचन क्षेत्र नम्वर ५ को प्रदेश ख का उम्मेदवार रमेश धामीले खेतवारीमा गएर हलो जोतेको