2 Poush, 2074 | 17 December, 2017 Sunday

अपडेटेड--हरि कृष्ण न्यौपाने-कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले आगामी डिसेम्बर-०६,२०१७  बुधवारका दिनबाट कुवेत-काठमान्डौ सिधा उडान गर्ने भएको छ।वातानीय एयरवेजका कन्ट्री मेनेजेरका अनुसार नेपालको मुलधारका पत्रीका र सामाजिक सन्जालमा आएका खबरहरु झुट हुन।उनले भने हामीले डिसेम्बर-०६, २०१७ का दिन फ्लाइट नं-Q9-547बाट कुवेत-काठमान्डौ पहिलो उडान भर्दै छौ।त्यसैले सम्पूर्ण नेपालीहरुलाई सही सुचना दिन अनुरोध पनि गर्दछु।

हप्ताको ५ पटक कुवेत-काठमान्डौ सिधा उडान गर्न वातानीय एयरवेजले संस्कृति, पर्यटन,तथा नागरिक उड्ड्यन मन्त्रालयको अनुमती पाएको हो। यात्रुको चाप अनुसार उडान भर्ने बताउदै वातानीय एयरवेजले शुरुमा १३२ जना यात्रु क्षमता रहेको जहाजबाट उडान भर्ने जनाएको छ।  

हालको लागि एकतर्फी प्लेन भाडा ६०-देखी ७० केडी र दुइतर्फी १३० देखी १४० केडी सम्म रहेको वातानीय एयरवेजले जनाएको छ।वातानीय एयरवेजको भनाइलाई उल्लेख गर्दै ट्राभल ब्यबसायी सुजन केसीले भने"बिजनेश टिकट भएका यात्रुका लागि ४० केजी र साधारण टिकट भएका यात्रुका लागि २० केजी लगेज निशुल्क रहेको छ।त्यसै गरी यात्रुले न्युनतम शुल्क तिरेर आफ्नो सामान अनुसारको लगेज थप्न सक्ने छन।यदी यात्रुले ६ घण्टा अगाडि वा टिकट लिने समयमा बढी लगेजको शुल्क तिर्ने हो भने १० केजी सामानको लागि २ केडी,२० केजी सामानको लागि ५ केडी र ३० केजी सामानको लागि ९ केडी तिरे पुग्ने छ। हालको लागि कुवेतबाट स्थानिय समय दिनको ३:३० बजे प्लेन उड्ने छ भने नेपाली समय बेलुकिको ११ बजे अबतरण हुनेछ।त्यसै गरी नेपाली समय मध्य राती १२:०० बजे उडेको प्लेन कुवेतको समय बिहान २:३०मा अबतरण हुने छ।"

यसै बिच नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालले तितोपाटी डटकम संग भने"नेपाली दुताबास कुवेतको लामो कसरत तथा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अनी नेपाल-कुवेत उद्योग वाण्ज्यि संघको निरन्तर पहलमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको ब्यग्र प्रतिक्षा पछी कुवेत-काठमान्डौ सिधा उडान हुन लागेकोमा खुशी लागेको छ।ढिलै भएपनी हाम्रो प्रयास सफल भएको छ।" उनले थपे" कुवेत-काठ्मान्डौ सिधा उडानले कुवेत र नेपाल बिचको ब्यापारिक, पर्यटकिय मार्ग सुलभ हुने र कुवेतमा रहेका नेपाली कामदारहरुले पनि सजिलै आवत-जावत गर्न सक्नेछन।बिशेष गरी बिरामी, असक्त र कुवेतबाट डिपोर्टेशनमा पर्ने नेपालीहरुका लागि सजिलो हुनेछ भने ट्रान्जिटको झन्झट पनि हट्नेछ।