2 Poush, 2074 | 17 December, 2017 Sunday
तोयानाथ उपेक्षित, कुवेतमा रहेर विभिन्न कम्पनीमा कार्यरत महिला कामदारहरुले छुट्टीमा नेपाल जादा अनिवार्य रुपमा नेपाली राजदुतावास कुवेतबाट नो अव्जेक्सन लेटर लिन पर्ने भएको छ ।

 नेपालमा श्रम गर्दा देखि ईमिग्रेसन सम्म आईपुग्दा सोधपुछ धेरै हुने भएकाले छुट्टीमा घर जादा उक्त पत्र लिन नेपाली दुतावासले भनेको छ । 


नेपाली राजदुतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले कोसेली न्युज सँग कुरा गर्दै भन्नुभयो आज भोली नेपालबाट महिलाहरु कुवेतमा फर्कदा घरेलु काममा जान लागेको हो होईन भनी धेरै खोजी गर्ने गरिएको छ । हामीले त्यसरी पत्र लिन आउने संगठित क्षेत्रमा अर्थात कम्पनीमा कार्यरत महिलाहरुका लागि उक्त पत्र निशुल्क दिन्छौ ।  विना झण्झट आफ्नो पूर्ववत काममा फर्कन चाहाने महिलाहरुले दुतावासमा आएर पत्र लगे सहज हुने उहाँको भनाई थियो । तर पुरुष कामदारहरुको हकमा भने नो अव्जेक्सन लेटर लिने पर्ने जरुरत छैन ।


वीस नम्बर भिषामा काम गर्ने महिलाहरुलाई भने कुनै पत्र दुतावासबाट उपलव्ध गराईन्दैन । यसको अर्थ उनीहरु नेपाल जान सहजै सक्ने भए पनि फर्कन पाउने छैनन । तर आर्टिकल २० मा काम गर्ने पुरुष कामदार जो सन २०१४ को अप्रिल भन्दा पहिले कुवेत आएका छन उनीहरुले दुतावासमा गएर छुट्टीमा जाने र फर्कन चाहेको बताए उनीहरुले पनि उक्त पत्र पाउछन । सन २०१४ अप्रिल भन्दा पछाडी कुवेत आउनेहरुको लागि भने यो सुविधा दिईएको छैन । 


आफ्नो पासर्पोट को फोटोकपी, पासर्पोटमा रहेको भिषाको स्टाम्पको कपी र बैध सिभिल आईडी पत्र लिन जादा चाहिने आवश्यकीय कागजात हुन ।