1 Poush, 2074 | 16 December, 2017 Saturday

बसन्त थापा - सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव नया वर्ष फ़ेब्रवरी १६ मा हुने भएको छ । "हिमाल पहाड तराइ एकताको कमना समृध्द समाज निर्माण सु.प समाजको चाहना"
भन्ने मूल नाराका साथ इस्थापना गरेको सुधरपश्चिम सेवा समाज कुवेतले आगामी फ़ेब्रवरी १६ गते प्रथम वार्षिक उत्सव मनाऊँने  भएको छ।

सु.प समाजले स्थापनाको छोटो समयमै पीडितहरुलाई सहयोग गर्दै बिभिन्न सहयोग अभियानमा समेत हातेमालो गर्दै स्थापना कालदेखि नै समाजिक कृयाकलापमा सक्रिय रहेको यस समाजले खासगरी सुदुरपश्चिम भेगलाई लक्षित गरी दुख र पीडामा परेकाहरुलाई सक्दो सहयोग उपलव्ध गराउदै आएको छ ।

सेवामा समर्पित संस्था हो।सुदुरपश्चि सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव नया बर्ष २०१८ फेब्रुरी १६ तारिक  हुदैछ। सुदुरपश्चिम सेवा समाज कुवेतका महा-सचिब मान बहादुर बलायरले तीतोपाटी डट कम लाई दिएको जानकारी अनुसार नया बर्ष २०१८ फेब्रुरी १६ तारिक शुक्रवारको दिन कुवेतमा हुने प्रथम बार्षिक उत्सबको सम्पूर्ण तयारी भई रहेको छ।

यसै बिच कुवेत सरकारको निती-नियमलाई मध्यनजर राख्दै कुवेतमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ती र सामाजिक, कार्य तथा बिभिन्न गतिबिधिहरुमा संलग्न रहदै सामाजिक अभियानमा हातेमालो गर्दै आएको र आफ्नो संस्थाको प्रथम बार्षिक उत्सवमा सहभागीताको लागि नेपाली दुताबास कुवेत,प्रथम वार्षिक उत्सव समारोहलाई भव्य रुपमा सम्पन्न गर्न कुवेतमा क्रियाशील संघ संस्था तथा समाजसेवी बुद्धिजीवीहरु, कुवेतमा बसोवास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकारहरु समेतको उपस्थिति अपरिहार्य भएको हुनाले नोट:२०१८-२-१६ का दिन कुनै पनि संघस्थाहरुले कार्यक्रम नजुधाइदिन उक्त दिन कार्यक्रममा सहयोग गरीदिन र कार्यक्रममा समेत उपस्थित भईदिन हुन् समाजले अनुरोध गरेको छ ।

सुदुरपश्चिम सेवा समाज कुवेत परिवार

मिति:१६-२-२०१८ शुक्रबार
स्थान:हलको खोजिमा