2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम -  सन् २००९ मा स्थापना भए लगतै आफ्नो जातीय मौलिकता र पहिचानको लागि मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर रहेको तमू समाज कुवेतले यहि आउँदो डिसेम्बर २९ तरिक २०१७ शुक्रबारको दिन तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग) को तमु ल्होसार विभिन्न खेलकुद, संस्कृति कार्यक्रम, र बार्बक्युका साथ धुमधाम तरिकाले मनाउने भएको छ।

खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रितिरिवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको छ।

कार्यक्रमलाई अतिनै भब्य बनाउन मुख्य आकर्षणहरु १,च्यह ल्होसार (चरा वर्ग) लाई बिदाइ तथा खि ल्हो (कुकुर बर्ग ) को स्वागत २, ग्रह शान्ती तथा ल्होकोर पूजा ३, शुभ कामना आदान प्रदान ४,सँस्कृतिक कार्यक्रम ५,(छेलो फाल्ने पतियोगिता ६, रसी (डोरी) तान्ने पतियोगिता (पुरूष र महिलाको अलग अलग हुने छ) ७,हाडी फोड्ने पतियोगिता ८,म्युजिकल चियर प्रतियोगिता ९, जलपान तथा भोजन कार्यक्रम ल्होसार कार्यक्रम स्थलसम्म आउन जानलाई तमु समाज कुवेतले नि:शुल्क यातायातको व्यवस्था पनि गरिएको छ। बस चढ्ने समय र स्थान चाडै नै जानकारी दिने समाजका अध्यक्ष खोप गुरुङले बताएका उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-संस्था, सामजसेवी, बुद्धिजिवी, भद्र-भलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक निमन्त्रणा गदै चुलै निम्तो दिंदै अध्यक्ष गुरुङले अनुरोध गरेका छन् । 


कार्यक्रम हुने मिती: डिसेम्बर २९ तारिक २०१७ शुक्रबार कार्यक्रम हुने 
स्थान: हिजुल कब्द एरिया ब्लक :१ बिलिडग १७१ (कुवेती चलेट) कार्यक्रम हुने समय: बिहान को १२ बजे देखी बेलुकी ७ बजे सम्म
आयोजक : तमु समाज कुवेत