10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम - कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को१च ७००९ नम्बरको एम्बुलेन्सले को२२प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरु सबैको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले बताए ।

राउतले मृत्यु भएकाहरु एउटै स्कुटरमा सबार थिए या छुट्टाछुट्टै थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकरी दिए । ठक्कर दिने एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्स इटहरी १ मा रहेको लाल बहादुर पोखरेल स्मृति सेवा समाजको रहेको बताइएको छ ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ