2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै पीडितहरुलाई सहयोग गर्दै बिभिन्न सहयोग अभियानमा समेत हातेमालो गर्दै आफ्नो नाम जस्तै कल्याणकारी बन्न प्रयास गरिरहेको कल्याणकारी नेपाली युबा समाज कुवेतको प्रथम अधिबेशन आगामी नोभेम्बर-२४ तारिक शुक्रबार हुदैछ।

कल्याणकारी नेपाली युबा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्किले तीतोपाटी डटकमलाई दिएको जानकारी अनुसार आगामी नोभेम्बर-२४ तारिक शुक्रबार कुवेतको खैतान स्थित राजधानी होटलमा आयोजना हुने प्रथम अधिबेशनको सम्पूर्ण तयारी पुरा भई सकेको छ।

यसै बिच कुवेत सरकारको निती-नियमलाई मध्यनजर राख्दै कुवेतमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ती र सामाजिक, सांस्कृतिक, खेलकुद तथा बिभिन्न गतिबिधिहरुमा संलग्न रहदै सामाजिक अभियानमा हातेमालो गर्दै आएको आफ्नो संस्थाको प्रथम अधिबेशनमा सहभागीताको लागि नेपाली दुताबास कुवेत,कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु तथा सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई निमन्त्रणा गरी सकिएको जनाएको छ।यदी कुनै कारणबस निमन्त्रणा नपुगेको भए यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी हुन     कल्याणकारी नेपाली युबा समाज कुवेतले आबहान समेत गरेको छ।


कार्यक्रमको बारेमा:-

मिती:- २४-नोभेम्बर-शुक्रबार,२०१७

समय:- बिहान ११:०० बजे

स्थान:- राजधानी होटल, खैतान-कुवेत (म्याक्स बिल्डिङको माथिल्लो तल्ला)