2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डटकम- नेपाल मगर सँघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर र लाफा इन्भेष्टमेन्ट प्रालिकी अध्यक्ष चन्द्र ज्योती आलेमगर आगामी २७ नोभेम्बरमा कुवेत आउने भएका छन ।

मगर सँघ कुवेतसँग अन्तर्कृया तथा प्रशिक्षण कार्यक्रम गर्न लगायत लाफा इन्भेष्टमेन्ट प्रालि. सम्बन्धी जानकारी गराउन उनिहरु कुवेत आउन लागेको मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंज्याली मगरले जानकारी दिएका छन् ।

०१ डिसेम्बर, शुक्रबारका दिन कुवेतको कुनै एक सभा हलमा सम्पन्न गरिने अन्तर्कृया तथा प्रशिक्षण कार्यक्रममा उपस्थित भएर मगर सँघ र सँघले निर्वाह गर्ने काम कर्तव्य लगायत लाफा ईन्भेष्टमेन्ट प्रालि. सम्बन्धी बुझेर अगाडी बढ्ने अवसर पाउनका लागि अनिवार्य रुपमा उपस्थित हुन कुवेतमा रहेका समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सँघको तर्फबाट अध्यक्षले आव्ह्वान समेत गरे ।

अतिथिद्वय ज्ञानेद्र पुन मगर, मगर सँघ नेपाल केन्द्रिय कार्यालयका महासचिव, युवा नेता तथा जनजाती अभियन्ता हुन भने चन्द्र ज्योती आलेमगर मगर संघ नेपालकी केन्द्रीय सदस्य, पूर्वी एसिया संयोजक र मगर संघ हङकङकी पुर्व अध्यक्ष समेत हुन ।

सन् २०१२ को जून’मा पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको रोहवरमा स्थापना भएको कुवेत मगर सँघले स्थापनादेखी नै बिभिन्न मगर संस्कृति र चाडपवर्हरुलाई लक्षित गरी धेरै कार्यक्रमहरु गर्दै आएको छ भने यस कार्यक्रम कुवेतवासी मगरहरुबीच एक अन्तर्कृया कार्यक्रम मात्र भनिए पनि केही मगर संस्कृति झल्काउने प्रस्तुतिहरु समेत दिईने सँघले बताएको छ ।