2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम - तमु प्येल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग ) को तमु ल्होसार साँझ एक बृहत् सँस्कृतिक कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने भएको छ |

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। भने कार्यक्रमलाई अतिनै भब्य बनाउन संघले  नेपालकी चर्चित गायिका ईन्द्र गुरुङलाई स्टेजमा उतार्ने भएको छ ।

यसपालिको खि ल्हो (कुकुर बर्ग ) को ल्होसारलाइ पछिल्लो पुस्ताको सर्बाधिक लोकप्रिय गायिका ईन्द्र गुरुङले तताउने भएको छ । गायिका ईन्द्र गुरुङ यो कार्यक्रम भन्दा पहिला( यु के) जानु हुनेछ भने त्यसपछी हन्कङ र १२ जनवरी कुवेत आउने आयोजक तमु प्येल्हु संघ,कुवेतले जनाएको छ । समाबेशी बिचार धारा भएका संघ अध्यक्ष गोपाल गुरुङको सम्योजकत्वमा अघिल्लो बर्ष पनि भब्य रुपमा तमु ल्होसार कुवेतमा मनाईएको थियो ।

कार्यक्रमलाई अझै ससक्त रुपमा संगीतमय बनाउनको लागि तमु प्येल्हु संघ, कुवेतका कलाकार हरु अमन गुरुङ,सचिन गुरुङ,को न्रित्य निर्देशनमा तमु प्येल्हु संघ,कुवेतका कलाकार हरु को भब्य तयारी गरेको अध्यक्ष गोपाल गुरुङ ले बताउनु भएको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गदै चुलै निम्तो दिदै उक्त दिनमा कुनै पनि संघ सँस्थाले आफ्ना कार्यक्रमहरू नजुधाइदिन अध्यक्ष गोपाल गुरुङले अनुरोध गरेका छन् ।