10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम - अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो ।

सेमिफाइनलमा नेपाललाई हराउँदै अफगानिस्तान पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले विकेट किपर ब्याट्सम्यान इक्रम अली खिलको शतकीय योगदानपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

अलीले ११३ बलको सामना गरी १० चौका र २ छक्काको सहयोगमा १०७ रन बनाए । उनका अलावा ओपनरहरु रमानुल्लाह गुर्वाजले ४० र इब्राहिम जर्दानले ३६ रनको पारी खेले ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद मुसाले ३ तथा सहीन साह अफि्रदीले २ विकेट लिए ।

२४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२.१ ओभरमा ६३ रनमै समेटिएपछि अफगानिस्तानको ऐतिहासिक जित पक्का भयो । अफगानिस्तानका मुजिव उर रहमानले ५ विकेट लिएपछि पाकिस्तानको ब्याटिङ अर्डर ध्वस्त बनेको थियो । मुजिवले नेपालबिरुद्धको सेमिफाइनलमा ६ विकेट लिएका थिए ।

पाकिस्तानका मोहम्मद ताहाले बनाएको १९ रन कुनैपनि पाकिस्तानी ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । उनका अलावा कप्तान मोहम्मद हसन खानले १० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

समूह चरणको खेलमा पनि पाकिस्तान अफगानिस्तानबिरुद्ध मात्र ५७ रनमा अलआउट भएको थियो ।

मुजिवका अलावा अफगानिस्तानका क्वाइस अहमद कमावालले पनि ३ विकेट लिए ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ