1 Poush, 2074 | 16 December, 2017 Saturday

 तितोपाटी डट कम - रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी बम विस्फोट भएको हो ।

प्रहरीका अनुसार सात वर्षीय जैविक राई र ३१ वर्षीय सरिता राई घाइते भएका छन् । घटनामा अन्य ६ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीया लक्ष्मी राई, ५४ वर्षीय राम बहादुर विक, ४८ वर्षीय कान्ता खड्की, ३१ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले रहेका छन् ।

उनीहरुको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । शनिबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।