3 Mangshir, 2074 | 19 November, 2017 Sunday
चन्द्र बिश्वकर्मा - कुवेतमा शिल्पी संघ नेपाल - कुवेतको गठन भएको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत शिल्पी समुदायको भेलाले शिल्पी संघ नेपाल - कुवेत गठन गरेको हो। कुवेतको फर्वानिया पार्कमा एक भेलाको आयोजना गरी 2017 नोभेम्बर 10 शुक्रबारका दिन रन बहादुर रसाइलीको संयोजकत्वमा 21 सदस्यीय तदर्थ समिति चयन गरेको छ ।

मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज संचालनका आधारभुट बस्तुको खोज, उत्पादन र बिकासमा शिल्पी समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । 

शिल्पी समुदाय भित्र बिश्वकर्मा, मिजार, परियार,गन्धर्व, वादी, राम (चमार), पासी, पासवान, धोबी, तत्मा, खत्वे, मरिक (डोम), मुसहर, कोरि, चिडिमार, पत्थरकट्टा, वातर, मेहत्तर, सरभङ, खतिक, कलहर, ककैया लगायतका जाती रहेको छ । 

राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषन र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने र दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब सिर्जना गर्ने उदेश्य रहेको शिल्पी संघ नेपाल - कुवेतकाे संयोजक रसाइलीले बताएका छन ।

दलित शब्दको अर्थ : दमन गरिएको, थिचोमिचोमा राखिएको, असमानतामा राखिएको, समाजमा हक इज्जत प्रतिस्ठा नदिइएको, निच तुल्याइएको र अपमानित तुल्याइएको कुरा नेपाल तथा भारतका शब्द कोषहरुमा स्पष्ट उल्लेख गरिएको छ । शिल्पी शब्दको अर्थ : शिल्पी सम्बन्धि काम गर्ने ब्यक्ती, शिल्पकार, शिल्पकलामा निपूर्ण, शिल्प विधामा निपुर्ण , सिपालु, दक्ष, कालिगड, सृजनशिल, प्रतिभावान आदि उल्लेख गरेको पाइन्छ । महाभारत लगायत पौराणिक ग्रन्थहरुमा समेत यो समुदायलाई शिल्पी भनी सम्बोधन गरेको पाइएकोले हाम्रो वास्तविक पहिचान शिल्पी नै हो भनी रसाइलीले बताएका छन । 

बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण बिदेशीए पनि हजारौं वर्ष देखि आसन, रासन र शासनाधिकार वाट बञ्चित शिल्पी समुदाय र अन्य उत्पीडित समुदायको संघर्ष संगै सम्पुर्ण बल ताकत सहित संघर्षमा उत्रने रसाइलीले बताएका छन । उनले केही समय पश्चातनै अधिबेशन गरिने समेत बताएका छन । 

शिल्पी संघ नेपाल - कुवेतको तदर्थ कार्यसमितीका पदाधिकारीहरु :-
बरिस्ठ सल्लाहकार - प्रेम बहादुर बिश्वकर्मा (+96551784715)
सल्लाहकार - खेम रसाइली 
सल्लाहकार - वीर बिक्रम सुनार 

संयोजक - रन बहादुर रसाइली (+96565124205)
सहसंयोजक - सपना परियार
सहसंयाेजक - चन्देश्वर राम मोची 
महासचिव - चन्द्र बहादुर विश्वकर्मा (+96567799127)
सचिव - राजेन्द्र बयलकोटी 
सहसचिव - दिपेश नेपाली
काेषा‌ध्यक्ष्य - मोती खड्काथोकी 
सहकाेषा‌ध्यक्ष्य - जस घटाने
सदस्यहरु - गिता विश्वकर्मा, सुमित्रा बिश्वकर्मा, लालु परियार, सिह बहादुर बिश्वकर्मा, लाल बहादुर बिश्वकर्मा , बल्लु परियार, रेनु परियार, प्रमिला बिश्वकर्मा, छवि लाल परियार, दिल बहादुर खाती, प्रेम बहादुर घर्तिमिरे, टेक बहादुर बिश्वकर्मा र भिम बहादुर बिश्वकर्मा ।