7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तोयानाथ उपेक्षित, चुनावमय देश भएको यो बेलामा आफूलाई लागेको कुरा गर्न नसक्ने बौद्धिक जमात, स्वतन्त्र छवी कायम गर्न खोज्ने मानिसहरु तथा विभिन्न पार्टीमा रहेर विरक्तिएका कार्यकर्ता वा मतदाताको निर्णय केही दिनपछि व्यालेटमा प्रस्तुत हुने नै छ तर समयमा निर्णय गर्न नसक्ने, बेलामा नवोल्ने र आफ्नो धारणा, सहमति वा असहमतिको पछाडी रहेका तर्कहरुलाई नर्कतिर फर्किएर मौन बस्नेहरुबाट मुलुकले केही अपेक्षा गर्न सक्दैन ।  


हजारौ नेपाली जनताको बलिदानीवाट शक्तिमा आएका प्रचण्डले त्यो क्रान्तिको औचित्य पुष्टि गर्न सकेका छैनन । क्रान्तिलाई उनले सेफ ल्याण्डिङ पनि गरेका छैनन । आज उनका विश्वास पात्र बालकृष्ण ढुंगेल जस्ता मानिस जेल गएका छन भने विप्लब जस्ता जुझारु नेता फेरी विगतको उनकै पदचापमा अघि बढिरहेका छन । पहिचानको मुद्धा पनि अब बाकी छैन, नयाँ नेपाल शव्दले उनलाई र उनको पार्टीलाई खिज्याईरहेको छ । नयाँ नेपालको सपना जन्मदै यसरी तुहियो अब यो शव्द सुन्न प्रचण्डलाई गाहो भईरहेको हुनपर्दछ । 


डा बाबुराम भट्टराई धेरै महत्वकांक्षी र पदलोलुपतामा फसे, उनको ओभर कन्फिडेन्सले उनलाई नै सिद्ध्याईदियो । प्रचण्ड रहेसम्म आफू सेकेण्ड म्यान मात्रै भईरहनु पर्ने उनको मनोविज्ञान र ग्लानीले उनी विचलित बने । उनले प्रहार गर्न खोजेको ठाउँमा कतै पनि लागेन । उनी यसरी अलमलिए धोति लाएर मधेस झर्दा पनि भएन, जनजातिले पनि उनलाई पत्याएनन । नयाँशक्तिको नाममा उनले बनाउन चाहेको बैकल्पिक शक्ति कुडाकर्कट सपना झै भईदियो मानौ अर्थहिन अभियान । उनले हजार कोशिष गरे पनि उनले देखेको सपना पुरा हुन सक्ने संभावनाबाट दिनदिनै पर हुदै गएका छन । बरु उनको त्यो सपनाको अभियान्ता विवेकशिल साझा पाटी हुने संभावना उदाउदो छ । विवेकशिल साझाले तत्काल अरु कुनै दलको मत घटाए जस्तो देखिए पनि बाबुरामले खोजेको विकल्प त्यहाँ गएर थुप्रन थालेको छ । भट्टराई ले सपना साकार पार्न परम्परागत दल र तिनको सिद्धान्त भन्दा वेग्लै बादविहिनताको सिद्धान्त लाई नेपाली माटो सुहाउदौ विकल्प भने । कसैले पत्याएनन । विवेकशिल साझामा पनि पनि कुनै बाद छैन तर मानिसहरुले त्यसलाई नजिकबाट हेर्दैछन । भट्टराईको सोच ठिक तर पात्र बेठिक भए । अहिले उनको राजनैतिक सोच लुटमा परे जस्तो देखिन्छ । विवेकशिल साझा पाटी नत वि पि बादी हो, न त माक्सवादी फेरी पनि बैकल्पिक सक्ति यहि हुने देखिन्दैछ । 


यदि दरबार अहिले पनि कायम नै हुन्थ्यो भने अब बाबुराम भट्टराईको राजनैतिक गन्तव्य केशरजंग रायमाझी पथ भन्दा अर्को हुने थिएन । उनी मोहन विक्रम जस्तो पनि हुदैनन, बैध बा को जस्तो पनि भएनन । विप्लब लाई त उनले अधिनायकबादी शक्ति भन्दा हुन शायद । आखिर भट्टराई को राजनैतिक यात्राको विराम हुने विन्दु भनेको मोहनचन्द्र अधिकारी जस्तो घण्टी बजाउने काम बाकी छ । 


हिजो कांग्रेस सँग मिलेर चुनाव जित्न सवै हथकण्ड अपनाउदै मतपत्र च्यात्न लगाउने प्रचण्ड, र आफ्नै संयुक्त सरकारमा माओवादी लाई राखेर मानवअधिकारको नाममा तारो हान्न शुरु गर्ने केपी आज एउटा गठबन्धन बनाएर दुनियालाई  चटक देखाईरहेका छन । मुलुकको सबृद्धीको नाममा गठबन्धनको अपरिहार्यता देखेको बताउने उनीहरुको तर्कलाई पत्याई दिनु पर्ने बाध्यता नेपाली जनतामा छ । यो पटक जनताले उनीहरुको बुद्धि पलाएछ भनेर बुझिदिने हो भने बाम गठबन्धनको दुई तिहाई नत्र बहुमतको सरकार बन्न सक्छ तर चुनावपछि पार्टी एकता भएन भने ? शायद कुनै न कुनै बेला सरकार बनाउने समिकरण बदलिन्छ । यो काम बाह्य चलखेलबाट भई नै हाल्छ । यसो भएछ भने अर्को पटक देखि एमाले र माओवादी ईतिहास बन्ने गन्तव्यमा यात्रा गर्नेछन । त्यसपछि नेपाली जनताले नयाँ विकल्प रोज्नेछन । त्यो विप्पलब वा विवेकशिल साझा कुनै पनि हुन सक्छ । यसर्थ अन्तिम पल्ट बाम गठबन्धनतिर एउटा जनधारको मत जानेछ भने अर्को विपरित धार लोकतान्त्रिक गठबन्धनलाई हुनेछ । स्थानिय निर्वाचनको परिणामले भने बाम गठबन्धन नै बलियो देखिन्छ । 


गठबन्धन ले जितेर तत्काल बाम सरकार बने पनि पार्टी एकिकरण भएन भने सरकारको समिकरण बदलिन्छ कुनै न कुनै बेला । यो सर्वत्र पलाएको प्रश्नको सटिक उत्तर दुबै शक्तिमा रहेका नेता केपी र प्रचण्डबाट अझै स्पष्ट संकल्प सहित प्रस्तुत हुन नसक्नुले संसय कायम नै छ । तर पनि संभावनालाई हेरेर फैसला गरिन्दैन । आशंकालाई आधार बनाएर दोषी करार गर्न मिल्दैन । 


केपी ओली लाई मत दिने पुराना थोत्रा कुनै तर्क सँग सहमत नहुनेले पनि नाकाबन्दिको डटेर सामना गरेको कुरालाई भने उच्च सम्मान गर्दछन । उनले जित्न पर्ने र पुन एक पटक प्रधानमन्त्री हुनु पर्ने मनशाय सवैको मनमा जाग्रित छ । बाम गठबन्धन को सरकार बने एकपटक चिनले दिल खोलेर सहयोग गर्ला भन्नेमा पनि कसैको विमती छैन । उत्तरी छिमेकीको लाभ लिन पनि बाम सरकार देशलाई आवश्यक छ । तर त्यसो हुन सकेन र जनताले परिर्वतनको छलांग मा तौरिन पाएनन भने जनता डामे र छाडेका कसैका बसाहा हुन सक्दैनन नेता बदल्छन, दल बदल्छन ।  


झापा क्षेत्र न ५ साविकको ६ मा मिसिएको छ । पहिले त्यही बाट केपी शर्मा ओली चुनाव लडने र जित्ने गरेकोमा क्षेत्र बढेसँगै उनले झापाको दक्षिणी भूभागलाई माया मारेका थिए । उनले ७ रोजे । छाडेको ६ बाट दिपक कार्कीलाई जनताले निर्वाचित गरे । केपी ओली २५ बर्ष तल झरेनन । अहिले उनी चिया पिउन माटाको कप खोज्दै हिडेका छन गौरिगंज खजुरगाछीतिर । साईकलको क्यारिएरमा राखेर कुदाउदै गाउँगाउँ हिलो काधो नभनि उनलाई बोक्ने हामी जस्ता केटाहरु खाडीमा बुढा भईसक्यौ तर केपी त्यतातिर फर्केको थाहा पाएनौ । अहिले उनले परम्परागत शैलिमा आदिवासी र सिधासोझा किसान फकाउदै भोट माग्दै मेरो बस्तीमा घुमेको सुन्दा लाज लागेको छ । उनलाई किन भोट दिने ? मनभरी प्रश्न उठछ ।  तर होईन । उनले राष्ट्रलाई हेर्न पर्छ , राष्ट्रियताका लागि राज्यसत्ता सँगै लडन पर्छ । देश बनाउन मुख्य कुरा मेरो गाँउको संन्दर्भमा गौण हो ।


 जित पछि २५ बर्ष अघि अबीर लगाईदिएका बृद्धबद्धा को छन को छैनन फेरी आर्शिवाद थाप्न आउने की नआउने ? तल्लो भेगका जनताले फेरी पुन परिक्षा लिनेछन । भोट माग्न नआए पनि यसपटक भोट ओलीलाई नै दिने छन । यतिवेला नआएको भए झनै राम्रो हुनेथियो । कमसेकम अरु बेला उनका लामालस्कर उर्लावारी देखि विर्तामोड चल्योरे भनेको सुन्दा हिजो साईकलमा कुदेको गाउँलाई पनि संझिदिउन भन्ने तलको संदेश छ ।