3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तीतोपाटी डट कम - इरान र इराकको सीमा क्षेत्रमा  आइतबार साझँ ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा इरानमा १२९ भन्दा बढीको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएको इरानका स्थानीय सञ्चार माध्यामलाई उदृत गर्दै बीबीसीले जनाएको छ । त्यसै गरी इराकमा कम्तिमा पनि १० जनाको मृत्यु भएको बुझिन अाएको छ ।


अमेरिकी भूकम्प मापन संस्था यूएसजीएसका अनुसार इराकको हलब्जाह शहरभन्दा करीब ३० किलोमिटर दक्षिणपश्चिममा, इरानको सीमाना नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको बीबीसीले बजनएको छ ।


चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चाइना अर्थक्वेक नेटवर्क सेन्टर(सीईएनसी)ले भने भूकम्प ७.८ म्याग्निच्यूड रहेको जानकारी दिएको छ । साथै भूकम्पको इपीसेन्टर २० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ ।
उद्धार कार्य जारी रहेकले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।

इरान र इराकको सीमामा पहाडी क्षेत्र पर्दछ । भूकम्पको कारण सो क्षेत्रमा भूक्षय गएको छ । प्रभावित राज्यहरुमा विद्युत र टेलिफोन सेवा समेत बन्द भएको छ । जसका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य प्रभावित भएको छ ।

भूकम्पको धक्का इरान, इराक लगायत, टर्की, संयुक्त अरब इमिरेट्स र कुवेतमा समेत महशुस गरिएको थियो भने कुवेतमा माहबुला, जहारा, अब्दली लगायतका स्थानमा भवनहरू चर्किएको र भूकम्पले भवन नै हल्लाए पछि घरबाट बाहिर सुरक्षित स्थानमा निस्कनका लागि भागादाैड हुँदा ३ जना घाइते भएका छन् ।