3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी डट कम - इराक र इरानको सिमा क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर अाज साँझ स्थानिय समय अनुसार करिब ९ः२० बजे  ७ दशमलम २  म्याग्निच्युटको भूकम्प गएको छ ।


भूकम्पको धक्का इरान, इराक, टर्की, कुवेत तथा संयुक्त अरब इमिरेट्मा समेत महशुस गरिएको छ ।


भूकम्पको क्षति विवरण अाइसकेको छैन तर उत्तरी इरान, इराक तथा मध्य टर्कीमा क्षति बढि हुन सक्ने अनुमान गरिएको छ ।



खाडीक्षेत्र समुद्री सतहमै भएका कारण यस क्षेत्रमा सितिमिति भूकम्प नै जाँदैन । अासपासमा गएको भूकम्पको धक्का  भने यदाकदा महशुस गर्ने गरिएको छ ।


अाज पनि करिब ४० मिनेट अगाडि  इरान र इराकको सिमाक्षेत्रमा गएको ७ दशमलब २ म्याग्निच्यूडको भूकम्पको धक्का कुवेतमा पनि सबैले महशुस गरे भने घर भित्र बसिरहेका मानिसहरूले विस्तारा हल्लाएको तथा कोठामा राखिएका अन्य फर्निचरहरू कट्याक कट्याक हल्लाए पछि  सुरक्षित स्थानमा जानका लागि घर बाहिरका खाली ठाउँ तथा सडकमा निस्किएका थिए ।