3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तीतोपाटी डट कम -  इराकमा फेरी एक जना नेपाली घरेलु कामदारको मृत्यु भएको छ । घरेलु कामदार (हाउसमेड) को रुपमा इराक पुगेकी कैलास गाँउपालिका–२ की २६ बर्षिय लक्ष्मी वलको मृत्यु भएको हो। उनको मृत्युको कारण खुलेको छैन ।  


इराकको बासरामा दुई बर्षदेखि काम गर्दै आएकी वल गत बैशाखदेखि सम्पर्ककविहिन भएकी थिइन् । वलका श्रीमान् अशोक वलले ७ महिनादेखि सम्पर्कविहिन श्रीमतीको मृत्युको खवर मात्रै पाएको वताए । ‘के कसरी भयो । हामीलाई जानकारी छैन ।,’ उनले भने । 


इराक हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले वलको मृत्युको बिषयमा आधिकारीक जानकारी पाएको छैन । पीडित परिवारले उनको शब ल्याइदिन अपिल गरेको छ ।