7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तीतोपाटी डट कम - दलित एकता संजाल नेपाल, कुवेत र बिश्वकर्मा समाज नेपाल- कुवेतले संयुक्त रूपमा अायाेजना गरेको "सन्देशमुलक सांगितिक कार्यक्रम २०१७" हिंजो  कुबेतको जिलिप स्थित नटिंघम  ब्रिटिस स्कुलको कन्भेन्सन हलमा एक समारोहका विच भव्य रूपमा सम्पन्न भएको छ । संजालका अध्यक्ष रमेश नेपालीको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यतमा सम्पन्न उक्त समारोह नेपालबाट  अाएका अतिथि कलाकारहरूकाे वेजोड प्रस्तुतिमा सम्पन्न भएको हो ।

दलित एकता संजाल नेपाल, कुवेत र विश्वकर्मा समाज कुवेतको निमन्त्रणामा नेपालबाट अाएका ख्यातिप्राप्त कलाकारहरू यश कुमार, मुना थापा मगर र प्रेम कुमार गैरेले कुबेतको नेपाली समाजमा गीत संगीत, नृत्य प्रस्तुति मार्फत मनोरञ्जन बाँडेका हुन् । निर्धारित समय भन्दा झन्डै आधा घण्टा ढिलो शुरु गरिएको कार्यक्रम दुईचरणमा सम्पन्न भएको थियो । पन्चे बाजा बजाएर कार्यक्रम हलमा कलाकारहरुलाई ल्याईए पछी कार्यक्रमका प्रमुख अथिति नेपाली दुताबास कुबेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल,कन्सुलर बिन्दिरा शंकर जोशी, नेपाल पत्रकार महासंघ बैदेशिक साखा कुबेतका अध्य्क्ष हरिकृष्ण न्यौपाने , एनआरएनए कुबेतका उपाध्यक्ष सुमित्रा पौडेल ,दलित एकता संजाल नेपाल, कुवेतका अध्य्क्ष एव कार्यक्रमका सभापति रमेश नेपाली , विश्वकर्मा समाज कुवेतका निबर्तमान अध्य्क्ष शिव घमालले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।

समारोहमा शुभकामना मन्तव्य दिदै महामहिम राजदुत हमालले नेपाली कामदारहरु स्वदेश फर्किदा ट्रान्जिटमा भोग्नु र बिताउनु परेको समय र दुख सम्झेर आफुले भर्खरै स्थापाना भएको वातानिया एयरवेज संग निरन्तर छलफल र अन्तरक्रिया गरेको एव केहि दिन भित्रै नेपाल सिधा उडान भर्ने समेत तयारी भै सकेको बताएका थिए भने हलमा उपस्थित दर्शकको हुटिंग र तालीले जोडदाररुपमा स्वागत गरिएको थियो । कुबेतमा क्रियाशील सम्पूर्ण मिडियाका तर्फबाट कार्यक्रम सफलताको कामाना नेपाल पत्रकार महासंघ बैदेशिक साखा कुबेतका अध्य्क्ष हरिकृष्ण न्यौपानेले गरेका थिए भने एनआरएनए कुबेतका उपाध्यक्ष सुमित्रा पौडेलले नेपाली संस्कृतिको जगेर्ना गर्न हामी सवै लाग्नु पर्ने बताएकी थिइन् । त्यस्तै गरि दलित एकता संजाल कुबेत नेपालका पुर्व अध्य्क्ष एव सस्थापक सदस्य आश बहादुर नेपालीले नेपालबाट पठाएको सुभकामना संदेश कार्य्रक्रमका प्रस्तोता राजन परियारले पढेर सुनाएका थिए भने कार्यक्रमका संयोजक  बिष्णु परियारले कार्यक्रम अायोजना गर्न अहोरात्र खट्नुहुने सहयोगी, स्वयंसेवक ,सुभचिन्तक तथा सम्पुर्ण संघ संस्था तथा समाजसेवीहरुमा धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा हितकाजी चन्द्रले उपस्थित सबैको स्वागत एवं राजन परियार र जीवन सुनारले सयुक्त रुपमा कार्यक्रमको संचालन गरेका थिए ।

बालकलाकार डिबिसा लोप्चनको आकर्षण नृत्य संगै सुरु गरिएको दोश्रो चरण अर्थात सांगितिक कार्यक्रमको संचालन भने सुरेश ग्याबा तामाङले गरेका थिए । कार्यक्रममा प्रेम कुमार गैरेका स्थानीय भाकाका चर्चित गीतहरुले सबैलाई नाच्न बाध्य बनाएको थियो । कार्यक्रमको मुख्य आकर्षण र सबैको केन्द्रबिन्दु मानिएकी गायिका मुना थापा मगरले लोकदोहोरी गीत गाउदा र यश कुमारको मैले छोएको पनि चल्दैन …. आदी गीत गाउँदा दर्शकहरु सबै जना दिल खोलेर नाचेका थिए ।

सांगितिक कार्यक्रमलार्इ सफल बनाउन  काठमाण्डाैं एयर कार्गो र BEC एक्सचेन्जले प्रायोजन गरेका थिए भने कुबेतमा क्रियाशील नेपाली संघसस्था एव व्यक्तिहरुले पनि उतिकै सहयोग र साथ् दिएका थिए । टिकट काटेर प्रत्यक्ष राष्ट्रिय स्तरका कलाकारलाइ हेरेर मनोरञ्जन लिन आएका दर्शकहरु हल खचाखच भरिएर अब्यबस्थित हुदा पनि कयौ दर्शकले उभिएरै मनोरंजन लिएका थिए ।अन्त्यमा दलित एकता संजाल नेपाल, कुवेतका अध्य्क्ष तथा कार्यक्रमका सभापति रमेश नेपालीले कार्यक्रमको समापन गर्दै व्यवस्थापनमा केही कमजोरि रहेता पनि कार्यक्रम अपेक्षाकृत रुपमा सफल बनाउन भूमिका खेल्नु हुने सवै पक्षलाइ आभार व्यक्त गर्दै आयोजकको तर्फ बाट कलाकार एबम आफ्ना सहयोगीहरुलाई धन्यवाद सहित मायाको चिनो, प्रमाण-पत्र र सम्मान प्रदान गरेका थिए ।