3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी डट कम - सुनुवार सेवा समाज कुवेतको प्रथम अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेशनले गुणबहादुर सुनुवारको अध्यक्षतामा २७ सदस्यीय नया कार्य समिति निर्विरोध रूपमा मनोनित गर्दै सांगठनिक जिम्मेवारी समेत सुम्पेको छ ।
समाजका कार्यवाहक अध्यक्ष यमबहादुर सुनुवारको सभापतित्व तथा नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अवसर पारेर समाजले संचालन गरेको उपहार चिट्ठा पनि हिँजो नै खोलेको थियो ।

प्रथम अधिवेशनमा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देन, किरात राई यायोक्खा कुवेतका सल्लाहकार एवम् पूर्वाध्यक्ष राजकुमार राई, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ, भोजपुर सेवा समाजका अध्यक्ष र परदेशी खबरको प्रमुख कार्यकारी सम्पादक कोशराज राई, संघिय समाज कुवेतका प्रमुख सल्लाहकार नैनकला राई, नेपाली जन-प्रगतिशिल मञ्च कुवेतका कार्यबाहक अध्यक्ष मनकुमार गुईंदेल, सृजनशील युवा समाजका अध्यक्ष पुष्कर सिंह धामी, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका कोषाध्यक्ष राजु गुरुङ, पाथीभारा न्युज डटकमका सम्पादक एवम् बजार व्यवस्थापक रिदम बोखिम राई, किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राई, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बलबहादुर काम्बाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए

समाजले आफ्नो प्रथम अधिवेशनको अवसरमा कुवेतबाट संचालित मिडियाहरु कुवेत नेपाल डटकम, तीतोपाटी डटकम, परदेशी खबर डटकम, हाम्रो संचार डटकम, डिसी नेपाल डटकम, पाथिभारा डटकम, शैलुङ अनलाईन र निरेम प्रोडक्सनलाई कदर पत्र प्रदान गरेको थियो ।

सुनुवार सेवा समाज कुवेतको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न प्रकार रहेको छ :

संस्थापक संरक्षक- यामबहादुर सुनुवार
अध्यक्ष – गुणबहादुर सुनुवार
उपाध्यक्ष – लालबहादुर सुनुवार
उपाध्यक्ष – भीमप्रसाद सुनुवार
महिला उपाध्यक्ष – सलिना सुनुवार
महासचिव – टिकाराम सुनवार
सचिव – डाकमान सुनुवार
कोषाध्यक्ष – जयप्रकाश सुनुवार
सह- कोषाध्यक्ष – मनकला सुनुवार

सदस्यहरु – अशोक सुनुवार, शान्ति सुनुवा, तिजबहादुर सुनुवार, मकनबहादु सुनुवार, शंकर सुनवार

सूचना विभाग नरेशकुमार सुनुवार
खेलकुद तथा संस्कृति प्रमुख – हेमकुमार
महिला विभाग प्रमुख – ओममाया सुनवार

सुनवार सेवा समाज सारा बचत कोष-
संरक्षक – यामबहादुर सुनुवार
अध्यक्ष – भक्तराम सुनुवार
उपाध्यक्ष- दिलेन्द्र सुनुवार
सचिव – दिलबहादुर सुनुवार
कोषाध्यक्ष – कृष्णबहादुर सुनुवार
सह-कोषाध्यक्ष- मकनबहादु सुनुवार
सदस्य – हेमकुमार सुनुवार, कृष्णकुमार सुनुवार, अन्जु सुनुवार

त्यसै गरी समाजले संचालन गरि हिँजै खोलेको उपहार चिट्ठा अन्तर्गत प्रथम पुरस्कार ३० ग्राम सुन – सपना तामाङ (०३१९) ले जितेकी छिन् ।
दोस्रो पुरस्कार १५ ग्राम सुन सलिना सुनुवार (०८०८), तेस्रो पुरस्कार डेल ल्यापटप – रमनदेव १३४४, चौथो पुरस्कार आईफोन ६ – आयुध मोक्तान (०४१६), पाँचौं पुरस्कार एलईडी टिभी – एन्निरा तितुज (१०९७) ले प्राप्त गरेका छन् भने सान्तवना पुरस्कार – कुमार थापा – (०३४१), नैनकला राई (१२१९), जय कुमार (१३१६), स्टेफन डिसुजा (०८५१), सम्पदा (१६२८), गल्बिया रोड्रिगेज (०८४२), मोती सुनुवार (००४९), खुमबहादुर सारु (१५०९), आस्कुर (८७४), सान्देन घिसिङ (०८२०), रहेको छ ।