4 Mangshir, 2074 | 20 November, 2017 Monday
तीतोपाटी डट कम - दर्जनाै नेपाली चलचित्रका नायक, चर्चित गायक  तथा समाज परिवर्तनका लागि कृयाशिल अभियन्ता यस कुमार, चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र लोक दोहोरी गायक प्रेम कुमार गैरे हिँजो साँझको उडानबाट कुवेत आइपुगेका हुन । कलाकारहरूद्वारा भोली दिउँसो कुवेतवासी नेपाली समुदायका बिचमा कुवेतको जलिब स्थित नटिंघम इङ्लिस स्कुलको अडिटोरियम हलमा एक संदेशमुलक सांगितिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

अतिथि कलाकारहरुलार्इ कुवेत अन्तराष्ट्रिय विमानास्माथलमा कुवेतवासी नेपालीहरूद्धारा भव्य स्वागत गरिएको थियो । कलाकारहरुको स्वागतका लागि कार्यक्रमका अायोजकको साथमा संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू। पत्रकार, खेलाडी, कलाकार, समाजसेवी, बुद्दिजिवी, सम्पूर्ण  तथा कुवेतवासी नेपाली दाजुभाई, दिदीबहिनीहरुको कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य उपस्थिति रहेको थियो ।

'तिर्खा', 'तिमी', 'नरूने अाँखाहरू' लगायतका निकै चर्चित गिती एल्वमहरू र 'विर', 'बाटोमुनीको फुल', 'अाधिबाटो' जस्ता सफल सामाजिक चलचित्र मार्फत स्वदेश तथा विदेशमा रहेका सबै उमेर समुहका दर्शक तथा श्रोताका मन मुटुमा बस्न सफल यश कुमारलार्इ कुवेतवासी नेपालीहरूले लामो समयको प्रतिक्षा पश्चात कुवेत नगरीमा पाएका छन् भने यश कुमारको साथमा मुना थापा मगर र प्रेम कुमार गैरेको लोक दोहोरी गीतको पनि कुवेतवासी दर्शकले मनोरञ्जन प्राप्त गर्ने छन् ।

चर्चित गायक यस कुमार, चर्चित लोक दाेहोरी गायिका मुना थापा मगर र लोक दोहोरी गायक प्रेमकुमार गैरेले कुवेतमा सांगितिक धमाका मच्चाउने कार्यक्रम अत्यन्तै सुबिधा सम्पन्न हल जिलिपको नटिङघम ब्रिटिस स्कुलमा हुने र सम्पूर्ण तयारी पुरा भएको तथा सांगीतिक कार्यक्रममा आउने दर्शकलाई सहजताको लागी आयोजकले कुवेतका बिभिन्न स्थानमा रहेका नेपाली होटलमा टिकट उपलब्ध गराएको छ । मनोरञ्जनात्मक कार्यक्रममा सबै प्रवासी श्रमिकहरूको पहुँच पुगोस भनेर अायोजकले कार्यक्रमको टिकट पनि २ केडिमा उपलब्ध गराएको छ भने कुवेतवासी सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरू सबैलार्इ निमन्त्रणा पठाइसकिएको र  यदि कसैलार्इ पत्र प्राप्त नभएको भए पनि यसै समाचारलार्इ अाधार मानी कार्यक्रममा उपस्थित भैदिन सम्पुर्ण कुवेतवासी नेपाली समुदायलार्इ अायोजकले अाह्वान गरेका छन् ।