4 Mangshir, 2074 | 20 November, 2017 Monday

तितोपाटी डट कम - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.७ फुदवाङ नजिकैको जंगलमा झुन्डिएको अबस्थामा एक युवकको मृत अवस्थामा शब फेला परेको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.७ फुदवाङ नजिकैको जंगलमा झुन्डिएको अबस्थामा एक युवकको मृत अवस्थामा शब फेला परेको छ ।

शब चिन्न नसकिएकाे अवस्थामा फेला परेको छ । असोज २२ गते आइतबार दिउसो १२:३० – ०१ बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँपालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराई हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता- कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो ।
स्थानियबासीले दाउरा- घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् । ३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए । साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए ।
साभार arghakhanchi.com बाट