7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी डट कम - नेपाली गीत संगीतको मोडलिङ्ग क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल हुन दुर्गेश थापा र रश्मी तामाङ्ग । रश्मी तामाङ्ग लाहुरेबाको छोरी भएको थाहा पाएपछि दुर्गेश एकाएक उनको पछि लाग्न थालेका छन । दुर्गेशको यो क्रियाकलाप हालै सार्वजानिक बिरही कार्की र कल्पना सुनुवारको स्वरमा रहेको “लाहुरे बाउकि छोरी” बोलको भिडियोमा देख्न पाईन्छ ।

कल्पना सुनुवारकै प्रस्तुतिमा यो उत्कृष्ट लोकदोहोरी गीत “लाहुरे बाउकि छोरी”बजारमा आएको हो।यस गीतमा लय तथा शब्द पनि बिरही कार्कीले नै भरेका छन भने युवा पुस्ता माझ निकै नै रुचाइएको नायक तथा गायक दुर्गेश थापा र चर्चित मोडल रश्मी तामाङ्को अभिनय देख्न पाईन्छ। क्रान्ती केसीको निर्देशन तथा सम्पादनमा तयार पारिएको यस म्यूजिक भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् । गीतलाई सुनखानी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । हेर्नुहोस तपाई पनि यो भिडियो::