6 Magh, 2074 | 20 January, 2018 Saturday

तीतोपाटी डट कम - सुनुवार सेवा समाज कुवेतले नोभेम्बर १० मा अल हैतम रेष्टुरेण्टमा आयोजना गर्ने आफ्नो प्रथम अधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको  बुझिएको छ । 

समाजले प्रथम अधिवेशनका साथै  यस अघि नै अक्टोबरम ६ तारिक खोल्ने भनिएको भाग्यशाली चिट्ठा पनि सोही अधिवेशनको दिन नै खोल्ने भएको छ ।


अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न गर्न कोईच सुनुवार तथा गैर कोईच सुनुवारहरु, कुवेतमा क्रियाशील संघ संस्था तथा समाजसेवी बुद्धिजीवीहरु, कुवेतमा बसोवास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकारहरु समेतको उपस्थिति अपरिहार्य भएको हुनाले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल गराई दिन हुन समाजले अनुरोध समेत गरेको छ ।

प्रथम अधिवेशन कार्यक्रमको विवरणः
मिति : नोभेम्बर १०, २०१७
समय : मध्यान्ह १२:३० बजे
स्थान : अल हैतम रेष्टुरेण्ट, फर्वानिया